सरकार जनतालाई दमन र शोषण गर्न गर्दै आफैं सामन्ती बनेको छ : कांग्रेस नेता सिटौला

  • जेठ २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिष्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्दत देखिएको बताएका छन् ।

भ्रष्टाचारमार्फत देशको दोहन गर्ने अनि दमन र शोषणको नयाँ ढंगले गर्दै सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मंचले आज आयोजना गरेको संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलमा बोल्दै भने,“परम्परागत परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिष्ट पार्टीको सरकार अहिले त्यही दिशमा अग्रसर बनेको देखिन्छ ।”

उलने कांग्रेसले सरकारको यस्तो प्रवृत्तिको संधै विरोध गर्ने बताउँदै महामारीको बेला पनि कांग्रेसले जनता जोगाउने दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । सिटौलो भने, “हामीले जनताको लागि राजनीतिक गर्ने हो त्यो पनि गरिब जनताको लागि । पार्टीलाई पनि सामन्तवादी र हैकमवादी सोचबाट माथि उठाउनु पर्छ ।” कांग्रेसले लोकतान्त्रिक चरित्र र संस्कारमा आफूलाई रुपान्तरित गर्नुपर्ने बताए ।

उनले महाधिवेशन त्यही ढंगमा गर्नुपर्ने स्पष्ट गर्दै भने,“कोभिड १९ का कारण परम्परागत ढंगले गर्दा भिंडभांड हुन्छ अब केन्द्रले छलफल गरेर यस विषयमा निक्र्योल निकाल्नुपर्छ । केही हदसम्म जोखिम बोकेरै भएपनि महाधिवेशन गर्नुपर्छ ।” तोकिएको अवधिमै महाधिवेशन गर्नुपर्ने बताउँदै सिटौलाले सत्ताको व्यापक रुपमा आलोचना गरिरहेको स्पष्ट गर्दै संविधान विघटनको मुद्दा अदालतमा गएको स्पष्ट गरे । अहिले आफैं दलको सभापतिको नेतृत्वमा अदालत गएको भन्दै संवैधानिक इजलासकै क्रममा अदालत समेत विवादमा गएको जिकिर गरे । “संसद विघटन गर्दा यसले देशलाई जहिले पनि क्षति भएको छ,” सिटौलाले भने, “कांग्रेस नै सरकारमा भएका बेला दुई पटक संसद विघटन भयो । उबेला ज्ञानेन्द्र उदाय सानो प्वाल पाउँदा निरंकुशता उदाउँछ भन्ने पहिलो पनि भोगिएको हो । संविधान निर्माण गर्दा धेरै विचार पुर्याउनु पर्ने रहेछ ।”

नेपाली कांग्रेक केन्द्रीय सदस्य तथा विघटित संघीय संसदमा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले राजनीतिक गठबन्धनहरु संविधान बनाउन बने झैं फेरि प्राप्त राजनीतिक उपलब्धी जोगाउन एक हुनुपर्ने अवस्था आएको बताएकी छन् । उनले भनिन्,“राजनीतिक उपलब्धि नै गुम्ने हो कि भन्ने चिन्ताबीच अब यसलाई जोगाउन दलहरुबीच गठबन्धन हुन जरुरी देखिएको छ ।” केपी ओलीले संविधानमाथि नै आक्रमण गरेको र उनी बद्नियत ढंगले अघि बढेको सुनाइन ।

सरकार चलाउन भन्दा पनि बनाउनको लागि दुई तिहाई मत ल्याएको भन्ने देखियएको र संसदको सपथ ग्रहण नगरी प्रधानमन्त्री बन्ने हतारो गर्नुबाट नै संविधान नमान्ने श्रृंखला शुरु भएको बताइ ।

भनिन्,“संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने श्रृंखला त्यहींबाट शुरु भएको थियो । संसद प्रति जवाफदेही नरहेको सरकार अध्यादेशबाट सरकार चलाउन खोज्दै छ । एकातिर अहिलेको सरकारले संविधान र संसदलाई कमजोर बनाउने गतिविधि गरिरहेको छ भने अर्कोतिर स्वेच्छाचारी ढंगबाट अधिनायकवाद अनि तानाशाही प्रवृत्ति देखाएर सरकार संचालन गर्ने अभिष्ट राखेको छ ।” भुषालले संसदीय मूल्य मान्यतालाई समेत कमजोर पारेको भन्दै समावेशीतालाई केपी ओली सरकारले क्षीण बनाएको सुनाइन ।

उनले नेपाली कांग्रेसको महाधिवेशन अपरिहार्य रहेको र कांग्रेस लोकतन्त्रको जग बसाल्ने पार्टी भएकोले पनि महाधिवेशन भदौभित्र सक्नु पर्ने अवस्था रहेको बताइन । भनिन्,“कोरोना भाईरसको संक्रमणसमेत व्यवस्थापन गर्दै महाधिवेशन गर्न जरुरी देखिएको छ ।” कार्यक्रमको सहजीकरण प्रदेश नं १ का कांग्रेस सचेतक सूयर्माराज राईले गरेका थिए ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved