बाहिर कुरुवा राखेर भित्र ब्यापार गर्ने ३८ ब्यवसायी पक्राउ "इटहरीमा निषेधाज्ञा उलङ्घन गर्ने ६८१ जना नियन्त्रणमा"

  • जेठ २१, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्च बनेपछि नियन्त्रणकालागि प्रसाशनले जारी गरेको निषेधाज्ञाको उलङ्घन गरेको भन्दै इटहरीबाट ६ सय ८१ सर्वसाधरण तथा व्यवसायिहरूलाइ प्रहरीइले नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार निषेधाज्ञा सुरू भएको भोलिपल्ट वा बैशाख १५ देखि जेस्ठ १९ गतेको अवधिमा उपमहानगर क्षेत्रबाट ६८१ जनालाइ नियन्त्रणमा लिइ रू १ शय जरिवाना तिराइ छाडिएको हो ।

दोश्रो चरणमा देखा परेको र समुदाय स्तरमा फैलिएकोनयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ न्युनिकरण गर्ने उद्धेश्य साथ जिल्ला प्रशासन कार्यालय सुनसरीले गत बैशाख १४ गते देखि जिल्लामा कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । निषेधाज्ञालाइ कडाइकासाथ पालना गराउन सम्बन्धित प्रहरी कार्यालयहरूमा गरेको पत्राचार अनुसार नै उलंघन गर्नेहरूबिरूद्ध कार्वाही अभियान चलाएको प्रहरीले इटहरीबाट मात्रै एक महिनाको अवधिमा ६सय ८१ जना ब्यवसायि तथा सर्वसाधरणलाइ नियन्त्रणमा लिएको हो ।

इटहरीमा निषेधाज्ञाको उलंघन गर्ने सर्वसाधरण भन्दा बढी व्यवसायीहरू रहेको प्रहरीले जनाएको छ । ६८१ मध्ये २५६ जना सर्वसाधरण रहेको र ३०० भन्दा बढी व्यवसायीहरू रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

त्यसमा पनि कोरोना नियन्त्रणका लागि अध्यादेश जारी भए यता मात्रै ३८ जना ब्यवसायिहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बाहिर प्रहरी आएको सुचना दिने कुरूवा राखेर भित्र लुकिछिपि ब्यवसाय गर्ने ३८ जना व्यवसायिहरलाइ अध्यादेश जारी भएयता नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालय सुनसरी पठाइएको र ३ हजार रूपैया देखि ६ हजार सम्मका दरले जरिवाना तिराइ छाडिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले बताउनुभयो ।

पटक पटक चेतावनि दिदा पनि अट्टेर गरेर व्यवसाय गर्ने अझ कुरूवा नै राखेर ब्यापार गर्ने व्यवसायिहरूलाइ प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रसाशन कार्यालय पठाउने गरेको डिएसपी केसीले बताए ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved