धरान । गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ बनाएर देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आग्रह गरेका छन् ।
उनले आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गरेका छन् ।
उनले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् । मेयर राईले हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानमा सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन समेत नगरवासीमा आग्रह गरेका छन् । सन्देशमा उनले गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन पनि अपिल गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘ज्ञात अज्ञात शहिदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका आम नगरबासीहरुमा शुभकामना व्यक्त गर्दछु, ‘गणतन्त्र दिवस २०७८ को अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो उत्सर्ग गर्नु हुने वीर सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’