नीजी क्षेत्रद्धवारा सञ्चालित इटहरीको सुबिधा सम्पन्न आइशोलेशन सञ्चालनमा

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी÷ इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन आजबाट संचालनमा आएको छ । सिमित ब्यक्तिहरु सहभागी भएर सामान्य कार्यक्रम गरी आइशोलेशन मंगलबारबाट सञ्चालनमा आएको हो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्धवारिकलाल चौधरीको शुभकामना मन्तब्यसंगै आइशोलेशन सञ्चालनमा आएको घोषणा गरिएको हो ।

इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजन सहितको आइसोलेसन एक साता अघि नै तयार गरिए पनि आजबाट सञ्चालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इहरीले आइसोलसन संचालनमा साथ दिएका छन् । नीजी क्षेत्रको पहलमा सञ्चालन भएको सुबिधा सम्पन्न आइशोलेशनले इटहरी नगरबासीलाइ ठुलो राहत मिल्ने नगरप्रमुख चौधरीले बताए । उनले नीजी क्षेत्रको यो पहल उदाहरणीय भएको भन्दै प्रशंशा समेत गरे । तीन तल्ले भवनमा सञ्चालित सुबिधा सम्पन्न आइशोलृशनमा प्राविधिक रुपमा डाक्टर र नर्स सहितको सुविधा रहेको छ । पछिल्लो समय सुनसरी सहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तीब्र भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिनका निजी क्षेत्रको अगुवाइमा आइसोलेसन तयार गरिएको मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले बताए । स्थानीय तहले निर्माण गरेका कतिपय आशोलेशनमा बिरामी बस्न नमानेको गुनासो बढिरहेको बेला संचालन भएको सुविधा सम्पन्न यो आइशोलेशनमा संक्रमितलाई खाना र बस्न निःशुल्क रहेको छ ।

आइसोसन भवनभित्र मनोरञ्जनका लागि खेलकुदका सामाग्री, बिभिन्न पुस्तक, उच्च गतिको इन्टरनेट र टेलिभजनको सुबिधा समेत रहेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । आइशोलेशनमा निःशुल्क एम्बुलेन्स सेवाका साथै नोबेल अस्पतालसँगको सहकार्यमा ७ सय ५० रुपैयामा पिसिआर जांच गर्ने सुबिधा पनि रहेको अधिकारीले बताए । इटहरी उपमहानगरपालिकाले पनि इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन तयार गरेको छ ।

गत वर्ष एक सय शैया क्षमता संचालित यो आइशोलेशन यस वर्ष ५० शैयामा सीमित गरिएको छ । यस्तो बेला निजी क्षेत्रबाट संचालित आइशोशनले राहत दिने बिश्वास गरिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए । महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृती रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट भएको यस्तो कार्यको अन्ततिर पनि अनुशरण गर्न प्रेरणा मिल्ने पौडेलको भनाइ छ ।

कोरोना भाइरस संक्रमणको पहिलो लहर फैलिदा आइशोलेशन तथा क्वारेन्टाइन बनाउन स्थानीय तहहरुमा लहड नै थियो । दोस्रो लहर तिब्र रुपमा फैलिदा प्रदेश र स्थानीयको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेको छ । स्थानीय र प्रदेश सरकारकै प्रभावकारी भूमिका नरहेका बेला इटहरीमा भने निजी क्षेत्रको नेतृत्वमा आइसोलेशन संचालनमा आउनु सुखद रहेको बताइएको छ ।

received_314030496924614 received_2910668699175587

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved