इटहरीमा पीसीआर परीक्षणको दायरा वढाइयो

  • जेठ १०, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । इटहरी उपमहानगरपालिकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा दैनिक सय जना वढिको परीक्षण सुरु गरेको छ ।

पीसिआर र एन्टिजेन परीक्षणको दायरा वढाएर दैनिक तीन सयको परीक्षण गर्ने गरि तयारी गरिएको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । आज पीसीआर र एन्टिजेन्ट गरि १ सय १० जनाको स्वाव पठाइएको छ ।

प्रत्येक दिन विहान ७ वजे स्वाब संकलन गरि वेलुका रिर्पोट आउने गरि तयारी प्रतिष्ठान सँग आग्रह गरिएको छ । उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक समाग्रीको न्यूनतम शूल्क भूक्तानी गर्ने गरि प्रतिष्ठान सँग सहमति गरेको हो ।

उपमहानगरले निशूल्क परीक्षण गर्दै आएको छ । यसअघि स्वाब संकलन गरेर प्रदेश ल्यावमा पठाइदै आएको थियो । प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाएर दैनिक सय पुर्याउन समन्वय भइरहेको छ । परीक्षणका लागि थप प्रयोगशालाकर्मीको ब्यवस्था गरिएको जनस्वास्थ्य निरिक्षक रामकुमार धमलाले जानकारी दिए ।

इटहरी अस्पताल, खनार स्वास्थ्यचौकी र दुईजना अन्यन्त्रवाट ब्यवस्था गरि पाँच जनाको टोलीले स्वाव संकलन गरिरहेका छन । यसैविच इटहरी उपमहानगर एन्टिजेन परीक्षणका लागि समूदायस्तरमा पुग्न थालेको छ ।

आज इटहरी २ शान्तिनगरमा पुगेर ३७ जनाको परीक्षण गर्दा सात जनाको पोजेटिभ पाइएको छ । यसअघि इटहरी वडा नम्वर ३ को सूनौलो टोलमा दुई पटक एन्टिजेन परीक्षण गरिएको छ । जोखिम क्षेत्रमा क्रमशः परीक्षण गरिने उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

उपमहानगरले कोरोना रोकथाम र नियनत्रणका लागि कन्ट्राक ट्रेसिङ्ग, आइसोलेसनको ब्यवस्था र उपचारको रणनीति लिएको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved