बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी डम्बर विश्वकर्मा

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


सुनसरी । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

उनले विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै उनलाई प्रदेश नम्बर १ प्रहरी कार्यालयले सम्मान गरेको हो ।


जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

 

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved