कोरोना रोकथाममा सरकार असफलःनेता कोइराला

  • जेठ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् ।

आइतबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मी सँग कुरा गर्दै कोइरालाले सत्तारुढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । “कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो, उनले भने, “सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।”

उनले कोरोना विरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न सरकारलाई सुझाव दिए । उनले विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरिद गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्, “सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउनका लागि अनुदानमा होइन विकास खर्च कटौती गरेर भए पनि खोप गरिद गर्नुपर्छ ।” कोइरालाले अमेरिका, रुस, चीन, भारत जहाँबाट भए पनि जतिसक्दो चाँडो खोप खरिद आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, “उत्पादक राष्ट्रसँग सिधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प छैन ।” खोप नलगाएका भन्दा लगाएकाहरुमा संक्रमणको जोखिम कम भएको उनले बताए ।
कोइरालाले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउनु आवश्यक रहेको औंल्याए । उनले वडा तहसम्मै आइसोलेसन बनाउनुपर्नेमा समेत जोड दिए । अक्सिजन प्लान्ट र अक्सिजनको जोहो गरेर वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउन उनले आग्रह गरे ।

अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न सम्भव नभएको उनको भनाइ थियो । फरक प्रसंगमा कोइरालाले वर्तमान सरकारलाई विस्थापित गरेर जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्न नसक्नु कांग्रेसको कमजोरी रहेको टिप्पणी गरे । “पुस ५ को कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले उसले यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपथ्र्यो,” उनले थपे, “त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वास गुमाएको अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार नबन्ने भएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउन पहल नगर्नु कांग्रेसको कमजोरी हो ।”

उनले प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि राजनीतिक दलहरूमा धु्रवीकरण बढेको टिप्पणी गरे । उनले दलहरूबीच धु्रवीकरण बढ्दा लोकतन्त्र नै कमजोर बन्ने अवस्था आएको सुनाए ।
“पुस ५ पछि दलहरूबीच तीव्र धु्रवीकरण भयो, सत्तारुढमा मात्रै नभएर प्रतिपक्ष दलमा पनि धु्रवीकरण देखियो,” कोइरालाले भने, “कांग्रेसमै पनि एउटा पक्ष चुनावमा जानुपर्छ भन्ने थियो भने अर्को पक्ष संसद पुनःस्थापना हुनुपर्छ भन्ने थियो ।

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved