प्रदेश एकको तिन जिल्ला अति संवेदनशिल : सहजीकरणका लागि राजमार्गमा सेना

  • जेठ २, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । दोश्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर काठमाण्डौ पछि प्रदेश एक दोश्रो जोखिमको रूपमा रहेपछि जारी गरिएको निषेधाज्ञालाइ जेठ १ गतेबाट कडाइका साथ लागु गरिएको छ ।

प्रदेश एकको तिन वटा जिल्लामा संक्रमण संगै मृत्युदर दोब्बर देखिएपछि सावधानी अपनाउदै तिन वटै जिल्लाका प्रसाशन कार्यालयहरूले निषेधाज्ञालाइ कडाइका साथ पालना गराउन मातहतका सुरक्षाकर्मीहरूलाइ निर्देशन दिएको छ ।

हालै बसेको प्रदेश एक सुरक्षा समितिले सुनसरी, मोरङ र झापामा कडाइका साथ निषेधाज्ञालाइ पालना गराउने निर्णय गर्दै निर्णयको कार्यान्वयन थालनी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । प्रदेश एक आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बसेको सुरक्षा समितिको बैठकमा तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेनाका मेजर, सहायक मेजर लगायतको उपस्थिति रहेको थियो ।

मुख्यतयः सुनसरीमा अट्टेरीपन बढेको र त्यस्लाइ तत्काल नियन्त्रण गर्न आक्रामक योजना सहित प्रशासन कठोर बनिने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ढकालले अब पनि जो कोहीले निषेधाज्ञा आदेशलाई उल्लङ्घन गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिना सम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताए । ऐन अन्तर्गत काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने जनाइएको छ ।

सुरक्षा संयन्त्रमा नेपाली सेनाले समेत सहजिकरण गरेको जनाइएको छ । सुनसरीमा यस अघिनै ३१ गतेबाट कडाइका साथ निषेधाज्ञा पालना गराउने निर्णय बमोजिम स्थानीयस्तरमा नेपाली सेनाले पनि सघाउ पुर्याउने बताइएको छ । सुनसरीको धरान, इटहरी र इनरूवामा नेपाली सेनाले शनिबार बिहानै देखि कोरोना संक्रमणबारे स्थानीयहरूलाइ सचेत गराउँदै माइकिङ तथा सुरक्षा सतरकता अपनाउन आग्रह गर्दै आएको छ ।

सेना स्वयम राजमार्गमा निस्केपछि प्रदेश एकका मुख्य जिल्लामा निषेधाज्ञा कडाइका साथ पालना भइरहेको पाइएको छ । मुख्य राजमार्गमा सन्नाटा छाएको देखिएको छ भने बिनाकाम हिडडुल गर्ने स्थानीयहरूलाइ प्रहरीले बाटोबाटै फर्काउने गरेको छ ।

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved