उर्लाबारी नगरपालिकामा एघार बेडको आईसोलेसन

  • जेठ १, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमित उपचार गर्न मोरङको उर्लाबारी नगरपालिकाले ११ बेडको कोभिड उपचार केन्द्र तयार गरेको छ ।
नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्याना राख्दै निर्माण थालिएको नगरपालिकाका मेयर खड्ग फागोले बताएका छन् ।

जेठ १ गतेदेखि सेवा प्रदान गर्ने उद्देश्यसाथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा आईसोलेसन बनाइएको हो ।

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनको लागि पहल गरेको थियो । अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने भनिएपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि संचालन हुन सकेको थिएन ।

मेयर फागोले भने,“कोरोनाको दोस्रो लहरको संक्रमण अधिक गतिमा भईरहेको छ । नगरबासी उपचार नपाएर समस्या नहोस भनेर हामीले आफ्नै आईसोलेसन तयार गरेका हौं ।” उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण संक्रमित बनेका ७ जनाको मृत्यु भइसकेको छ । संक्रमणको दर दैनिक उकालो लाग्दो छ ।

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved