उर्लाबारी नगरपालिकामा एघार बेडको आईसोलेसन

  • जेठ १, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । कोरोना संक्रमित उपचार गर्न मोरङको उर्लाबारी नगरपालिकाले ११ बेडको कोभिड उपचार केन्द्र तयार गरेको छ ।
नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्याना राख्दै निर्माण थालिएको नगरपालिकाका मेयर खड्ग फागोले बताएका छन् ।

जेठ १ गतेदेखि सेवा प्रदान गर्ने उद्देश्यसाथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा आईसोलेसन बनाइएको हो ।

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनको लागि पहल गरेको थियो । अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने भनिएपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि संचालन हुन सकेको थिएन ।

मेयर फागोले भने,“कोरोनाको दोस्रो लहरको संक्रमण अधिक गतिमा भईरहेको छ । नगरबासी उपचार नपाएर समस्या नहोस भनेर हामीले आफ्नै आईसोलेसन तयार गरेका हौं ।” उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण संक्रमित बनेका ७ जनाको मृत्यु भइसकेको छ । संक्रमणको दर दैनिक उकालो लाग्दो छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved