प्रदेश नं. १ मा एकैदिन ९ सय ९३ जना संक्रमित थपिए

  • बैशाख २९, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / प्रदेश नं. १ मा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ९ सय ९३ जना कोरोना सक्रमित थपिएका हुन् ।
थपिएकामध्ये मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १सय ६१, भोजपुर ३२ र संखुुवासभामा ३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा ६, पाँचथर ६, खोटाङमा १ र प्रदेश १ बाहिरका ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३९ महिला र १८३ पुरुष सहित ३२२, सुन्दरहरैचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी ११, बुढीगंगामा ११, कटहरीमा १०, जहदामा ७, धनपालथान र रंगेलीमा ५–५, रतुवामाईमा ४, बेलबारी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी र स्थानीय तह नखुलेका १–१ जना कोरोना संक्रमित थपिएका छन् ।
यसैगरी सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा ९–९, गढीमा ५, रामधुनीमा २, देवानगञ्ज र हरिनगरमा १, स्थानीय तह नखुलेका ४, झापाको दमकमा ८०, भद्रपुरमा ५६, विर्तामोडमा ३६, मेचीनगरमा १२, गौरादहमा ११, कमल गाउँपालिकामा ९, झापा गाउँपालिकामा ५, कचनकवलमा ४, बुद्धशान्ति र अर्जुनधारामा ३–३, स्थानीय तह नखुलेका ८, शिवसताक्षी र बाह्रदशीमा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भोजपुरको षडानन्दमा ३२, संखुवासभाको खाँदबारी र चैनपुरमा १५–१५, मादी र मकालुमा १–१, ताप्लेजुङको मेरिङदेन १२, फक्ताङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, चौदण्डीगढीमा २, इलामको इलाम नगरपालिका र माईमा ३–३, सुर्योदय र स्थानीय तह नखुलेका २–२, धनकुटाको महालक्ष्मीमा ३, धनकुटा नगरपालिकामा २, छथरमा १, तेह्रथुमको आठराईमा ५ र स्थानीय तह नखुलेका १, पाँचथरको फिदिम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४० हजार ८१७ पुगेको छ। सङ्क्रमित भएका मध्ये ३० हजार ४७० सङ्क्रमणमुक्त भएका छन् । आज ११० जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ९ हजार ७४७ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ४०७ महिला र ५८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved