कोभिडको उपचारमा प्रदेश सरकार उदासीन भएको कांग्रेसको आरोप

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारको प्रबन्ध देखाउने एकथरि र व्यवहारमा अर्कै भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले उचित प्रबन्ध मिलाउन माग गरेको छ ।

कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य र निजी अस्पतालमा कोरोना संक्रमित उपचार गर्ने प्रबन्ध मिलाउन माग गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलनमा भने,“अस्पताल व्यवस्थापनको विषयमा सरकारले प्रस्तुत गरेको तथ्यांक पनि शंकास्पद देखिएको छ । कतिपय अस्पतालमा सरकारले देखाएको बेड संख्या नै देखिदैन ।” कार्कीले वीपी प्रतिष्ठान धरानमा एक सय बेड भनेर देखाएपनि तीस बेडमा मात्र बिरामीले उपचार पाईरहेको सुनाए ।

अघिल्लो लहरका बेला विराटनगरमा संचालन गरिएको कोसी कोभिड १९ उपचार केन्द्रलाई मर्मतका नाममा बन्द गरिएको बताउँदै कार्कीले कोरोना कम भएको बेला मर्मत गर्नुको साटो अहिले बिरामीले अस्पताल नपाएर मरिरहेको बेला मर्मतको नाममा सेवा बन्द गरिएको बताए । भने,“भेन्टलेटरसहितको ८० बेडको कोभिड अस्पताललाई मर्मतको नाममा बन्द गरिएको छ ।

के एक वर्षअघि बनाएको अस्पताल पुरानो भईसक्यो र ?” उनले सरकारले सेवा विस्तार गर्नुपर्नेमा सेवा खुम्च्याएको कार्कीले टिप्पणी गरे । प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईले उदयपुरमा सबैभन्दा ठूलो कोभिड अस्पतालको निर्माण गर्ने भन्दै घोषणा गरेको तर त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।

अन्य जिल्लामा अवस्थित अस्पालहरुमा समेत कोभिड उपचारको लागि सरकारले आवश्यक पूर्वाधारसहित सहयोग गर्नुपर्ने बताए । भने,“सरकार कात्रोमा समेत राजनीतिक गरिरहेको छ । जनता उपचार नपाएर मरिरहेका छन ।” पाँचथर र संखुवासभामा पनि कोभिड अस्पताल संचालन गर्नुपर्ने कार्कीले माग गरे ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved