प्रदेश १ मा कोरोना कहर : लक्षणसहितका संक्रमितले भरिए अस्पताल, आईसियू बेड पाईन छाड्यो

  • वैशाख २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का अधिकांश अस्पताल संक्रमितले अस्पताल भरिएपछि बेड अभाव पाइन मुश्किल हुन थालेको छ ।
प्रदेशभर तीन सरकारीसहित बाँकी निजी अस्पतालहरुमा संक्रमितको उपचार हुँदै आएको छ । तर, पछिल्लो समय संख्या थपिएसंगै संक्रमितलाई आईसियू बेड भेट्न कठिन हुन थालेको छ ।

अस्पतालमा भर्ना हुन बिरामीले पालो कुर्नुपर्ने अवस्थाम आएको विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालले जनाएको छ । अस्पतालका संयोजक वैजनाथ साहले भने,“आईसीयू र एचडीयू बेड भरिएकोले हामीले गम्भीर प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सकेका छैनौं । पालो पर्खनु पर्ने अवस्था आएको छ ।” उनले पछिल्लो समय लक्ष्यणसहितका संक्रमितको संख्या बढेको बताए ।

विराटनगरमा नोबेल मेडिकल शिक्षण अस्पताल, न्युरो अस्पताल र विराट मेकिडल कलेज टिचिङ अस्पतालले कोरोना संक्रमितको लागि आईसियू र भेन्टिलेटरसहितको सेवा दिई रहेका छन् । तर, ती अस्पतालमा पनि बिरामीको चाप बढेपछि भर्ना लिन छाडिएको छ ।

अस्पतालहरुको कोभिड युनिटमा जम्म ७ सय ३३ बेडको व्यवस्था छ । तर, अहिले ६ सय ८ जना कडा लक्ष्यणसहितका संक्रमित भर्ना भई उपचारमा छन । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले संक्रमितको संख्या अधिक भएकोले आईसियूमा भर्ना गर्ने अवस्था नरहेको सुनाए ।

नोबेल अस्पतालले सय बेडको कोभिड युनिट संचालन गर्दै आएको छ । ९५ बेड विस्तार गरेको छ । विराट अस्पतालको १ सय २० बेडको थियो । थपिएको ८० बेड पनि भरिएको अस्पतालले जनाएको छ ।
कोसी कोभिडको सबै ८३ बेड भरिएका छन । आईसियू चाहिने बिरामीको नाम टिप्ने गरेको र खाली भएपछि बोलाउने व्यवस्था मिलाइएको अस्पतालका संयोजक साहले सुनाए । विराट अस्पतालमा ३२ वटा आईसीयू र १२ वटा भेन्टिलेटरसहित दुई सय बेडको अस्पताल संचालनमा छ । तीआईसीयू बेड भरिएका छन् ।

नोबेल अस्पतालमा ३९ आईसीयू र नौवटा भेन्टिलेटरको सुविधा छ । प्रादेशिक अस्पताल मेची भद्रपुरमा पनि अक्सिजनसहितका सबै बेड भरिएका छन । त्यहाँ कूल ७५ बेडको अस्पताल संचालित छ । हाल २५ जना संक्रमित भर्ना भएर उपचारत छन् । अक्सिजनसहितका २५ बेड सबै भरिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल १ सय बेडको कोभिड अस्पतालमा शनिबार बिहानसम्म ६२ जना संक्रमित उपचाररत छन् ।

केही सीमित बेड मात्र अक्सिजनसहितका रहेकाले कडा लक्षणसहितका संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकिने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले बताएका छन । बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि बिरामीको चाप धेरै छ । प्रदेश १ मा दैनिक ७ सयको संख्यामा संक्रमित थपिने गरेका छन् । यो संख्या पाँच हजारभन्दा धरै भईसकेको छ । अस्पतालहरुमा अक्सिजनको खपत समेत बढ्न पुगेको छ ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved