प्रदेश १ मा आज ५ सय ७८ जना संक्रमित थपिए

  • वैशाख २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकल, झापा गाउँपालिका, बाह्रदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सोलुखुम्बुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ ।

संक्रमित भएका मध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ५० पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय ६३ महिला र ३ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved