कोभिड संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण गरिने

  • वैशाख २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा विरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण गरिने भएको छ ।

कोभिड अस्पतालमा विरामी कुरुवा घर नभएको कारण विरामीको आफन्तलाई समस्या भएको जनगुनासो आएपछि कोभिड अस्पताल पछाडि रहेको खाली जग्गामा अस्थायी ट्रष्टको कुरुवा निर्माण गरिन लागेको नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए ।

सचिव पोखरेलका अनुसार वीपी प्रतिष्ठानसँग समन्वय गरी धरानमा मानवीय र सामाजिक कार्यमा सधै त्रियाशिल रहेका मारवाडी सेवा समिति र नेपाल अग्रवालको सहकार्यमा कुरुवा घर निर्माण गरिने भएको हो । अस्थायी विरामी कुरुवा घर १८ फिट चौडाई र ८० फिट लम्बाईको हल, शौचालय र स्नान कोठासहितको सुविधा सम्पन्न हुनेछ ।

मारवाडी सेवा समाजका अध्यक्ष अनिल अग्रवालका अनुसार कुरुवा घर निर्माणका लागि ईन्जिनियरले आज स्टिमेट तयार पार्छ । त्यही अनुसार भोली (शनिबार)बाट भवन निर्माण सुरु गरिने छ । उनले भने, ‘विरामी कुरुवा घर यहाँ पहिला नै निर्माण गर्नुपथ्र्याे, हामी ढिला भयौं, भोलीबाट निर्माण कार्य सुरु भयो भने हप्ता दशदिनमा सकिन्छ ।’

निर्माण सम्पन्न भएपछि कोभिड संक्रमितका आफन्तका लागि विरुवा कुरुवा घरले केही हदसम्म सहज वातावारण सिर्जना गर्ने उनले बताए । ‘विरामी कुरुवा घर निर्माणका खर्च कति लाग्छ भनेर टुंगो लागेको छैन,’ उनले भने । उनका अनुसार कुरुवा घरको स्टिमेट तयार पार्न धरान उपमहानगर वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठ र वीपी प्रतिष्ठानका ईञ्जिनियर निर्मल अधिकारीलाई दिईएको छ ।

भवन निर्माण हुने जग्गाको स्थलगत अनुगमन गर्न धरान उपमहानगरका मेयरसहित, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, मारवाडी सेवा समाज र नेपाल अग्रवालका प्रतिनिधिहरु मोतिलाल अग्रवाल, अनिल अग्रवाल, पवन अग्रवाल, अस्पताल निर्देशक डा. गौरी शंकर शाह, नेपाली कांग्रेस धरानका सचिव युवराज शंकर पुगेका थिए ।

 

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved