एन्टीबायोटिकको बोतलमा रेम्डेसिभिरको लेबल लगाएर बिक्री गर्ने पक्राउ

  • वैशाख २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा नक्कली रेम्डेसिभिर औषधि बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अति नै जोखिमपूर्ण अवस्थामा आईसियू र भेनिटलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई यो औषधि चलाइन्छ । तर, महामारीका बेला जीवनदायी मानिने औषधिलाई नै नक्कली खोल हालेर गिरोहले बिक्री गर्ने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रु. ९० पर्ने ‘स्टासेफ’ नामक इन्जेक्सनमा नयाँ लेबल लगाएर गिरोहले रेम्डेसिभिरको नाममा बिक्री गर्ने गरेको खुलेको हो । उनीहरुले ७ हजार देखि २५ हजार रुपैयाँसम्म नक्कली औषधि बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनरको विशेष प्रहरीको टोली र मोरङ प्रहरीले नक्कली औषधी विक्री वितरण गरेको आरोपमा विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको छ ।

उनीहरुले नयाँ लेबल लगाएर रेमडिसिभरको नाममा अर्कै औषधि बिक्री गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले घटनाबारे अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबायोटिक औषधि हो ।

भारतमा प्रतिभाइल रेमडेसिभिर प्रतिभाईल भारू २ हजार ८ सयदेखि ४ हजार ५ सयसम्ममा पाइन्छ । नेपालमा ल्याउँदा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । आलम यसअघि पनि औषधिको तस्करीमा संलग्न थिए ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved