सूचना विना जोरविजोर प्रणालीले सास्ती : यातायात मजदुरलाई छाक टार्न समस्या

  • बैशाख २०, २०७८
  •  गोविन्द बस्नेत
alt

धरान /  भीडभाडलाई नियन्त्रण गर्न सवारी साधनमा सरकारले गरेको जोरविजोर प्रणालीका कारण सर्वसाधारण मारमा परेका छन् । जोर विजोर प्रणालीका कारण अत्यावश्यकीय कामले गन्तव्यसम्म जाने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सुनसरी प्रशासनले जोर गते जोर नम्बर भएका र विजोर गते विजोर सवारी साधनलाई सडकमा आवातजावत गर्न दिएपछि विगतको तुलनामा सुनसरीमा सडकहरु सुनसान भएपनि अत्यावश्यक कामले घर जान हिडेका सर्वसाधारणहरु भने मारमा परेका छन् ।जोरविजोर शुरु भएकै दिन धनकुटाबाट झापा हिडेका एक सर्वसाधारण बाटैमा रोकिनुपर्दा अचम्ममा परे ।

धनकुटामा जोरविजोर लागू नभइसकेको अवस्थामा सुनसरीमा लागू भएको अर्जुन श्रेष्ठलाई थाहै थिएन । आमा विरामी भएर धनकुटाबाट झापा दमक हिडेका उनी जिरोप्वाइन्ट आइपुगेर मोटरसाइकल रोकेपछि मात्र निषेधाज्ञा जारी भएको थाहा पाए ।

जोर विजोर प्रणाली लागू गरेपनि अन्य जिल्लामा सूचना नभएकै कारण घर फर्किएका थिए । श्रेष्ठ भन्छन्, ‘धनकुटाबाट हिड्दा कही रोकेन तर अहिले धरान आए पछि प्रहरीले रोक्यो ।’ प्रहरीलाई आफ्नो समस्या बताए पछि मात्रै उनलाई जान दियो । उनी भन्छन्, ‘कोरोना संक्रमण रोकथामका लागि जोरविजोर प्रणाली लागू गर्नु जरुरी भएपनि सर्वसाधारणको समस्यालाई पनि प्रशासनले बुझिदिन पर्छ ।’त्यस्तै तेह्रथुमको लालीगुँरास नगरपालिकाबाट इटहरी हिडेका मणिकुमार लिम्बुलाई पनि सुनसरीमा निषेधाज्ञा थाहा थिएन । उनलाई पनि प्रहरीले धरानको जिरोप्वाइन्टमा रोकिदिएपछि मात्र जोर विजोर पालो रहेछ भन्ने थाहा पाएका थिए । उनी विजोर नम्बर भएको मोटरसाइकल लिएर इटहरी झरेका थिए । उनी भन्छन्, ‘ठाउैपिच्छेको आ–आफ्नो नियम हुदा सर्वसाधारणले धेरै दुःख पाएका छन्, देशभर एउटै नियम लागू गरिदिए कसैले दुःख पाउने थिएनन् ।’

सरकारले लागू गरेको दोस्रो चरणका कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सुनसरी प्रशासनले स्वास्थ्य संक्रमणबाट सर्वसाधारणलाई सचेत गराउन सर्कुलर जारी गरेसंगै सुनसरीमा कडाई गरिएको हो । प्रशासनले भीडभाड हुने स्थानमा भीडभाड हुन नदिन कुनै पनि भेला तथा जमघट हुन नदिने, समयावधिभरि व्यवसाय सञ्चालन गर्ने, सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरे धेरै जसो सर्वसाधारणलाई थाहा नै थिएन । प्रहरीले सवारी साधन छिर्ने नाकाहरुमा सुरक्षा संंयन्त्रलाई कडा बनाएको छ ।

लागू भएको पहिलो दिनमै धरान प्रहरीले विजोर नम्बर प्लेट भएका मोटरसाइकल, अन्य सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । धरान छिर्ने मुख्य नाका धरान ८ तीनकुने र धरान १३ जिरोप्वाइन्ट र धरान २ भानुचौकमा खटिएका जनपथ प्रहरी, सशस्त्र प्रहरीले त्यसरी सवारी सवारी साधन नियन्त्रणमा लिएका हुन् । आइतबार प्रहरीले जोर नम्बर भएका १ सय ७९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । त्यसमा सबैभन्दा बढी मोटरसाइकल रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई साझ ६ बजेमात्र छोडिएको थियो ।

उनले भने, ‘शनिवार जोर सवारी साधनको पालो थियो भने आइतबार विजोर सवारी साधनको पालो थियो, त्यसक्रममा हामीले धेरै सवारी साधन नियन्त्रणमा लियौ ।’ उनले पर्याप्त सूचना भएपनि कतिपय सर्वसाधारण काम नभए पनि अनावश्यक रुपमा सवारी साधन लिएर निस्किएको पाइएको बताए । उनले भने, ‘नियम उल्लंघन गरी अनावश्यक रुपमा सवारी साधन लिएर निस्किएकालाई हामीले साझ ६ बजेमात्र छाडिदियौ, तर अत्यावश्यक कामले बाहिर निस्केकालाई आवश्यकता हेरी छाडिदिएका पनि छौ ।’ उनले विषयम परिस्थितिमा सुरक्षा संयन्त्र अपनाउन गरिएको निषेधाज्ञालाई सहज रुपमा लिएर सर्वसाधारणलाई प्रशासनको निर्देशनलाई पालना गर्न पनि आग्रह गरे । यातायात मजदुरलाई छाक टार्नै समस्या दुई दिनदेखि सरकारले गरेको जोर विजोर प्रणालीले घरको चुल्हो बाल्न कठिन हुन थालेको यातायात मजदुरहरुले गुनासो पोखेका छन् ।

बैंकको ऋणमा किस्ताबन्दीमा सिटीसफारी, ट्याम्पो चलाएर गुजारा गर्नेहरु बढी मारमा परेका हुन् । धरान १६का हेमराम भुजेलले जोरविजोर प्रणालीले मजदुरलाई ज्यादै कठिन भएको बताए । उनले विगतमा समेत बल्लतल्ल ऋण तिरेर घर खर्च जोहो गर्ने गरेको बताउदै जोरविजोर प्रणालीले अझ समस्या निम्त्याएको बताए । उनले भने, ‘केही कमाई होला भनेर ६ महिना अगाडि किस्ताबन्दीमा टेम्पो खरिद गरियो, अहिले कोरोना कारण राम्ररी चलाउन नपाउदा ऋण तिर्न त परै जाओस्, दुई छाक टार्न पनि कठिन हुन थाल्यो ।’ धरान १५ का सिटी सवारी चलाउदै आएका डम्बर श्रेष्ठ पनि विगतमा कष्टकर जीवन विताए पनि यो बर्ष त्यस्तो दिन आउला भन्ने कल्पनै नगरेको बताउ“छन् । उनी भन्छन्, ‘कोरोनाका कारण हामीजस्ता गुजारा गरेर खानेलाई धेरै समस्या भएको छ, उनी भोलि यो भन्दा अझ भयावह अवस्था आएर लकडाउन गरेको अवस्थामा यस पटक अझ गाह«ो पर्छ ।’

यसका लागि सरकारले विकल्प खोज्नुपर्ने उनको धारणा छ । उनी भन्छन, ‘लकडाउनको विकल्प खोजेर सुरक्षित ढंगबाट स्वास्थ्य संक्रमणबाट जुध्ने उपाय सरकारले ल्याइदिए राम्रो हुने थियो ।’ गत बर्ष राहत थापेर जीविकोपार्जन गरे पनि बैंकको ऋणमा मिनाहा नभएको उनी बताउँछन् । उनी प्रश्न गर्छन, ‘सरकारले एउटा निर्देशन दिन्छ , तर सम्बन्धित पक्षले त्यसको पालना गर्दैन, यस्तो अवस्थामा आफ्ना नागरिकलाई सहुलियत दिनुपर्ने हैन र ?’ धरानमा अहिले ४ सयदेखि ५ सय साना सवारी साधन चल्ने गरेका छन् ।

दैनिक उनीहरुले १ हजारदेखि २ हजारसम्म आम्दानी गर्ने गर्छन । तर कोरोनाको दोस्रो चरण भित्रिएसंगै अहिले आधा पनि कमाई नहुने उनीहरु बताउँछन् । भौतिक दूरी कायम गरेर सवारी साधन चलाउँदा यात्रु पनि कम बोक्नुपर्दा यातायात मजदुरको कमाई मरेर गएको उनीहरुको भनाई छ । कोरोना अवधिभर सरकारले कोरोना जोखिम न्यूनिकरणका लागि गरेको प्रयास सकारात्मक भए पनि कमाएर खाने वर्गका लागि सरकारले प्याकेज ल्याउनुपर्ने उनीहरुको माग छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved