सुनसरीमा एक साता निषेधाज्ञा, बिहान ६ बजे देखि बिहान ११ बजे सम्म मात्रै होटल व्यवसाय खुल्ने

  • वैशाख १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सुनसरीमा पनि एक साताको लागि निषेधाज्ञा जारी गरेको छ ।

सुनसरी प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले १७ गते राती १२ बजे देखि २४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् । प्रशासनका अनुसार सर्वसाधारणले अत्यावश्यक काम नपरी घर बाट निस्कने नहुँने जनाएको छ । त्यसै गरि सरकारद्वारा तोकिएको सामाजिक दुरी, स्वास्थ्य मापदण्ड अनिवार्य रुपले पालना गर्नुपर्ने भएको छ ।

एकै स्थानमा जम्मा भई भेला, जुलुस, सम्मेलन, छलफल, गोष्ठी गर्न नपाउने पनि भएको छ । त्यस्तै सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, शैलुन, ब्युटि पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना संचालन गर्न नपाइने भएको छ ।

स्वास्थ्य सामाग्री सम्बन्धी पसल बाहेक अन्य पसल व्यवसाय विहान ६ बजे देखि विहान ११ बजे सम्म मात्रै संचालन गर्न पाउने भएको छ । त्यसै गरि विवाह तथा व्रतबन्ध गर्दा २५ जना भन्दा बढी भिड गर्न नपाइने भएको छ ।

sunsari1

 

 

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved