औषधि व्यवसाय छाडेर अर्गानिक कृषिमा

  • वैशाख १६, २०७८
  • "संगम विष्ट"
alt

बराहक्षेत्र / करिब ७ बर्ष औषधी व्यवसाय अर्थात पोलिक्लिनिक सञ्चालन गरेका पिताम्वर राई (लाला) अहिले अर्गानीक कृषि पेशामा रमाउन थालेका छन् । औषधी व्ययसाय गर्दा सेवाग्राहीहरुमा केमिकल युक्त खानेकुराका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने लक्ष्यण देखे पछि लालाको ध्यान अर्गानिक खेतिले तानेको हो ।

वराहक्षेत्र ६ चक्रघट्टी घर भएका लालाले वराहक्षेत्र ६ र ८ मा पर्ने शुक्रवारेमा अर्गानिक कृषि पेशा सुरु गरेका छन् । कोशीको बगर कासघारीमा न्युन प्रयोग भई रहेको जमिनलाई लालाले अर्गानिक कृषि कार्यसंगै रिसर्च सेन्टरको रुपमा “दर्पण अर्गानिक कृषि तथा रिसर्च सेन्टर” को सुरुवात गरेका हुन् । १९ महिना अगाडि ७–८ कट्टा जमिनबाट सुरु गरिएको अर्गानिक खेती अहिले ४ बिघामा फैलिसकेको छ ।
अर्गानिक सेन्टरमा सलाद प्रजातीका खाद्यान्नलाई प्रमुख उत्पादन गर्ने लक्ष्य लिएको अर्गानिक खेतीमा हाल खर्बुजा, टमाटर, खोर्सानी, सुर्यमुखी, लसुन, प्याज, आलु, फुलकोपि, बैगुन जस्ता मौसमी र बैमौसमी तरकारीहरुको खेती लगाएका छन् ।

सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर लालाका अनुसार ४ बिघा लिजमा लिएको जमिनमा हाल सम्म ५० लाख लगानी भईसकेको छ । अहिले मासिक रुपमा २ लाखको आम्दानी गर्न थालेका छन् ।
मासिक १ लाख ५० हजार खर्च कटाएर ५० हजार फाइदा हुँदै आएको लाला बताउछन् । लाला सहित उनका परिवार पुनम लिम्बू र मधु श्रेष्ठको लगानी रहेको सेन्टरमा हाल ५ जना मासिक रुपमा रोजगारी र ४ जनाले ज्यालादारीमा दैनिक रोजगारी पाएका छन् ।

कृषि कार्यमा भविष्य देखेर अर्गानिक खेतिसंगै रिसर्च सेन्टर खोलेका लालाको अनुभवमा कृषिबाट तत्काल फाइदा नभए पनि सुरु गरेको ४–५ बर्षबाट फाइदा दिने बताउँछन् । उत्पादन भएका सामाग्रीहरुको माग बजारमा उच्च भएको उनी बताउँछन् । कृषि उत्पादन बिक्रि गर्न बजारको समस्या नभएको सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर लालाको भनाई छ । सेन्टरमै धरान, इटहरीका व्यवसायी आउने गरेका छन् ।

स्थानीय उपभोक्ता देखि व्यापारी समेत सेन्टरमै आउने गरेकाले बजारको कुनै समस्या नभएको उनी बताउँछन् ।कृषि पर्यटकीय क्षेत्र बनाउने समेत उद्देश्य लिएका उनको केन्द्रमा ड्राइगन फ्रुटदेखि, अर्गानिक रुपमै पशुपालन गर्ने समेत लक्ष्य लिएका छन् ।यसका लागि जमिनको समेत व्यवस्थापन भइसकेको छ । औषधी बिक्रि नगरौ, बरु अर्गानीक खेती गरौ भन्ने लक्ष्य लिएका लालाले स्वास्थ्यलाई सुधार गर्ने उद्देश्य राखेर अर्गानिक खेतिमा लागेको बताउँछन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved