‘महामारीमा सरकार गैह्रजिम्मेवार’

  • वैशाख १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ नेपाली कांग्रेस १ नं प्रदेश संसदीय दलले कोरोना महामारी रोकथाम गर्न प्रदेश सरकार जिम्मेवार हुन नसकेको जनाएको छ ।

कोरोना घातक रुपमा फैलिएको बेला सरोकारवाला मन्त्री मदिरा कार्यदल बनाउन लागेको भन्दै कांग्रेसले सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ । संसदीय दलको तर्फबाट प्रमुख सचेतक केदार कार्कीले बुधबार विराटनगरमा संचारकर्मीसंगको छलफलमा भने, “महामारी अत्यधिक मात्रामा बढेको छ, मानिस आत्तिएका छैनन् तर महामारीमा सरकार कहाँ छ ?” उनले महामारी रोकथाम गर्न सरकारलाई साथ दिन तयार रहेपनि सरकारले के गर्दैछ भनेर विपक्षी दलसंग कुनै छलफल नभएको बताए ।

“सरकारले लगानी गरेर कोशी कोभिड अस्पताल चलाएको छ, तर, भित्र के हुंदैछ, भएका स्वास्थ्यकर्मीलाई सुविधा छैन, अस्पतालमा जनशक्ति छैन” कार्कीले भने, “हिजो अस्पतालमा निरीक्षण गरेर आउंदा हालत खराब देखिन्छ, विशेष चिकित्सक छैन, अस्पताल तयखाना जस्तो हुंदैछ ।”

उनले सामाजिक विकास मन्त्री उषाका राई कोदोको रक्सीको ब्रान्ड बनाउन लागेको भन्दै टिप्पणी गरे । उद्योग मन्त्रालयको काम सामाजिक विकास मन्त्रालयले गर्न खोजेको भन्दै कार्कीले मन्त्रीको बालापनको नमूना देखेर उदेक लागेको बताए । उनले भने, “अस्पतालमा डाक्टर र नर्स पु¥याउनको साटो मास्क बांढ्न दौडिरहेका छन्, सजगता अपनाउन अभियान चलाउनु पर्नेमा कात्रो बेचेर पैसा कमाउन पाईन्छ भन्ने सोच देखिन्छ, सरकारले काम पनि नगर्ने तर जनतालाई नआत्तिन भन्दैछन्, सिडिओ निषेधाज्ञा लाग्दैन भन्छन्, एसपी लाग्छ भन्छन् खै समन्वय ?” सरकारले विपद् व्यवस्थापनलाई पनि बेवास्ता गरेको भन्दै उनले सर्वदलीय समिति पनि काम नगरी डिजर्भ भएको विगतको अनुभवले यो पटक पनि काम नहुने जिकिर गरे ।

सामाजिक विकास समिति निस्कृय रहेको र यो समिति सरकारको छांया बनेको भन्दै सरकार पक्षका सांसद नै समितिको बैठकमा आउन छाडेको बताए ।

सरकार विरुद्धको अविश्वासको प्रस्ताव बाहिरबाट हेर्दा केही नगरेको जस्तो देखिएको तर संधै सरकारलाई अविश्वास गर्दै भित्र भित्रै तयारी गरेको सुनाए । उनले भने, “सरकार प्रति अविश्वास छ, प्रदेशसभामा निर्वाचनमै जान पनि सकिन्छ, जनतालाई जानकारी गराउछौ ।”
जेठ १५ अघि नै संसद बैठक बस्नु पर्ने भएकोले सरकार जिम्मेवार नबने अन्य विकल्पबारे छलफल हुने बताए ।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved