पल शाहको ‘गर्मि भयो धरान’ सार्वजनिक

  • वैशाख ११, २०७८
  • "विकास चाम्लिङ राई"
alt

धरान/  धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो शनिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । चर्चित नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ ।

दिनेश बान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस अघि म्युजिक भिडियोको टे्रलर मात्र सार्वजननिक गरिएको थियो । भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन ।

म्युजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन । धरानलाई वेस वनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्युजिक भिडियोको छायांकन धरानमा गरिएको भुमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले जनाए ।

उत्कृष्ट वनेको म्युजिक भिडियोमा अभिनेता पल शाहलाइ अन्य भिडियोमा भन्दा फरक रुपमा प्रस्तुत गरिएको राईले वताए । केहि दिन अघि मात्र सार्वजनिक गरिएको टिजरलाई भने दर्शकले रुचाएका छन ।

रचनाकार अमर वान्तुले अहिले सम्म दुई दर्जन भन्दा वढि गित रचना गरिसकेका छन । यस अघि उनले रचेका पन्द्र वटा गितको म्युजिक भिडियो वनिसकेको छ भने कार्टुन कु्रजले अभिनय गरेको शिल्की शिल्की म्यिुजिक भिडियोको ५० लाख भन्दा वढि युट्युव भ्युवर्स रहेको छ ।

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved