गिरिजाप्रसाद कोइराला स्मृति फुटबलको उपाधी बिराटनगरलाई

  • चैत्र २२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान / बिराटनगर महानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिराटनगरले उपाधी जितेको हो । उपाधीसंगै बिराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमकनगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ ।

बिराटनगरले उपाधी जितेको खुसियालीमा प्रतियोगिताका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरिदिएका छन ।बिराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटनगरका असिम राइ घोषित भए ।

उनले नगद ५ हजार सहित ट्रफी पाए । खेलको म्यान अफ द म्याच दमकका प्रबिण राइ घोषित हुदै नगद ३ हजार पाए । बिराटनगरका सनम राइ उत्कृष्ट गोलकिपर, रमेश राजबंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामांङ उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर भए । उनीहरु सबैले जनही ३ हजारका दरले नगर पुरस्कार सहित ट्रफी पाए ।

बिजेता तथा उपबिजेता टिमलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, प्रदेश एकका प्रमुख संसदीयदलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वांग, मानार्थ उपाध्यक्ष किशोर राइ, केन्द्रिय सदस्य दिपक राइ, प्रतियोगिता संयोजक सूर्य राइ लगायतले पुरस्कार बितरण गरे ।
इटहरी स्थित क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए । चैत्र १३ गतेदेखी सुरु भएको प्रतियोगिताको काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेका थिए ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved