पोषण शिक्षाको भविष्य अन्यौल : पढाई सकियो, लाइसेन्स छैन्

  • चैत्र १९, २०७७
  • दिनेश गजमेर
alt

धरान/ पोषण तथा आहार विषय अध्ययन गरेका दक्ष जनशक्तिको भविष्य अन्यौलमा रहेको छ । राज्यले पोषण तथा आहार विषय अध्ययन गर्ने व्यवस्था गरिदिए पछि सरकारी मान्यता पाउन नसक्दा उनीहरुको भविष्य अझै पनि अन्यौलनै रहेको छ ।अध्ययन पूरा भइसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) मा दर्ता गर्नुपर्ने हुन्छ, तर अहिले सम्म दर्ता प्रक्रियाको नीति बन्न नसक्दा उनीहरु अन्यौलमा छन् । एनएचपिसीमा दर्ता नहुँदा सरकारी मान्यता प्राप्त गर्न सकेका छैनन् भने लोकसेवा आयोगमा समेत भिड्न पाएका छैनन् ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेको केन्द्रीय प्रविधी क्याम्पसमा २०६७ साल देखि पोषण विज्ञान अध्ययन हुने गरेको छ । अहिले प्रतिवर्ष पोषण तथा आहार विज्ञानका ३० जनाका दरले जनशक्ति उत्पादन भइरहेका छन् । क्याम्पसबाट अध्ययन सकेर १ सय ६८ जना विद्यार्थीहरु पासआउट भइसकेका छन् ।तर उनीहरुलाई राज्यले मान्यता नदिँदा सरकारी अस्पतालहरुमा सेवा दिन पाएका छैनन् । केही वर्ष अघि सम्म एउटा ब्याचमा २४ जनासम्म अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो ।

स्वस्थ नागरिक र समृद्ध राष्ट्र निर्माणका लागी पोषण तथा आहारविद्को भूमिका मुख्य रहने ठहर गर्दै नेपाल सरकारको निर्देशनमा राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुरुप पोषण तथा आहार बिषय अध्ययन हुन थालेको हो ।

अध्ययन शुरु भएको करिब १० वर्ष बितिसक्दा पनि बिषयलाई उपयुक्त काउन्सिलमा दर्ता प्रकृया अघी बडाई योग्यता अनुरुप लोकसेवा आयोग र अन्य गैरसरकारी सस्थामा प्रतिस्पर्धा गर्न मिल्ने बातावरण सिर्जना गर्न नसक्दा नीजी अस्पताल तथा निजी स्वास्थ्यसंस्थामा काम गर्नु पर्ने बाध्यतामा छन् । सरकारले योजना आयोगबाट पास गराएर बिषयको अध्यापन जरुरी ठान्दै शुरु गरे पनि लगभग ५ वर्ष समय पढाईमा लगाएर करिब साढे ४ लाख रुपैया खर्च गरेर बेरोजगार बस्नुपर्ने अवश्थाले विद्यार्थीहरु डिप्रेसनमा पर्न सक्ने अध्ययन सकेर बसेका केन्द्रिय प्रविधि क्याम्पसका विद्यार्थी अदितश्री अधिकारी बताउँछन् ।

नेपालमा नयाँ विषय भएकाले अध्ययन गरे पनि राज्यले दिनुपर्ने आधिकारिक्ता नहुँदा लोकसेवा आयोगमा भिड्न नपाएको उनको गुनासो छ । उनी भन्छन्, नेपालमा खान नपाएर होइन्, खाना बढी भएर विभिन्न रोग लागेर नेपालीहरु मरिरहेका छन्, उनीहरुको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने पोषण तथा आहारविदहरुले सेवा दिन सकिरहेका छैनन् ।पढ्न खुल्ला गरिदिए पनि आधिकारिकता प्रदान नगर्दा सामान्य तलबमा निजी स्वास्थ्य संस्थाहरुमा काम गर्नु परेको उनको गुनासो छ ।

उनले भने, चिकित्सा शिक्षा अध्ययन गर्नेहरुले एमबिबिएस पास गरिसके पछि मेडिकल काउन्सीलमा दर्ता भएर डाक्टर पदवी पाउँछन्, हामीले पनि पोषण र आहार शिक्षा पढेर रजिष्टर्ड डाइटिसिय (आरडी) लेख्न पाउनुपर्ने हो, त्यो छैन्, हामीलाई लाइसेन्सनै दिने व्यवस्था गरेको छैन् । स्पष्ट निती नबन्दा लाइसेन्स पाउन समस्या भएको उनले बताए ।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका अन्य सरकारी ठुला अस्पतालहरुमा डाइटिसिएन राखेका छन् । तर सबै भारतीय आरडी. हरु हुन् । नेपालमै उत्पादन भएका आरडी. हरु निजी अस्पतालहरुमा गइरहेका छन् ।

स्वास्थ्य नियमावली, २०५५ अनुसार ५ औ देखी १० औ तह सम्म पोषणविद तथा डाईटेसियनको व्यवस्था भएपनी आवश्यक योग्यता तोकी जिल्ला, अञ्चल, प्रादेशिक तथा केन्द्रिय अस्पातलहरुमा व्यवस्था गरिएकोप छैन् ।वीर अस्पताल, धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, कान्ति, उपत्यका बाहिर वीपी लगायत धेरै जसो निजी अस्पतालले भने डाइटिसियन राख्ने अभ्यास गरिरहेका छन् । डाइटिसिएन राखेका अस्पतालले पनि मापदण्ड अनुसार राखेका छैनन् । मापदण्ड अनुसार प्रति २५ शैंया बराबर एक जना डाइटिसिएन हुनु पर्छ ।

एक दशक अघि राष्ट्रिय योजना आयोगले स्वास्थ्य संस्थामा डाइटिसियन जनशक्ति खटाउने निर्णय गरेको तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल संरचना निर्देशिकाले पनि प्रत्येक स्वास्थ्य संस्थामा डाइटिसियन राख्ने व्यवस्था गरेको छ । नीति नियममा व्यवस्था भएपनि डाइटिसियनको दरवन्दी नगर्दा विरामी सेवाबाट बंचित भएको र उत्पादित जनशक्तिको भविष्य अन्यौलमा परेको छ ।

पोषणविद तथा आहारविदका लागि दर्ता प्रक्रिया गरि लाइसेन्स प्रदान गर्न सरकार समक्ष पटक पटक आग्रह गरे पनि उनीहरुको प्राथमिकतामा नपरेको केन्द्रिय प्रविधि क्याम्पसका प्रमुख दिल कुमार लिम्बु बताउँछन् । उनले भने, सरकारी जागिरका लागि एनएसपीसीबाट दर्ता भएको मात्रै योग्य हुन्छ भनेको छ, एनएसपीसीमा दर्ता भए पछि मात्रै सरकारी निकायहरुमा काम गर्न योग्य हुन्छ, लोकसेवामा भर्न पाउँछन्, तर पास भएका विद्यार्थीहरुले दर्ता हुन नपाएकाले लोकसेवामा भिड्न नपाएको अवश्था छ ।’
उनका अनुसार अहिले पासआउट भएका विद्यार्थीहरुले निजी क्षेत्रमा मात्रै काम गर्नु पर्ने बाध्यता छ । उनीहरुलाई दर्ता गरेर आधिकारिता प्रदान गरिनुपर्ने उनीले बताए । उनले भने, डेढ वर्ष अघि अध्ययन टोलि पनि आयो, तर कोर्ष पुगेन भन्दै दिएन ।’

पोषणविदहरुलाई एनएचपीसीमा दर्ता नगरेर अर्को माध्यम पोषण परिषद ले नै दर्ता गर्ने भन्ने तयारीमा सरकार रहेको उनले बताए । उनले भने, ‘निर्देशिका तयार पार्दैछ भन्ने सुनिएको छ, सरकारले नै यसको सरकारले जिम्मेवारी लिनुपर्छ, सरकारी निकायहरुको प्राथमिकतामा नपरेर होला ।’नेपालमा सरकारी अस्पतालमै डाइटिसियनको अभाव छ । औंलामा गन्ने अस्पतालमा डाइटिसियन छन् भने भएका पनि सीमित संख्यामा रहेका छन् ।

अध्ययन सकिसकेका विद्यार्थीहरुले केही वर्ष अघि देखि आन्दोलननै चर्काउदै आएका छन् । कोरोनाको महामारी शुरु भए लगत्तै पोषणयुक्त खानेकुराका लागि सचेत बनाउन पोषणविद तथा आहारविदलाई परिचालन गर्न माग गर्दै आन्दोलन गरेका थिए ।अहिले पनि उनीहरुले विषयको स्नातकोत्तर तहको अध्यापन शुरु हुनुपर्ने, एनएचपीसी वा उपयुक्त विकल्प खोजी सो विषयलाई दर्ता गरिनु पर्ने, लोकसेवा आयोगमा दरबन्दी सिर्जना गर्नुपर्ने लगायतका माग विद्यार्थीहरुले राख्दै आएका छन् ।

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved