शैक्षिक हब इटहरी : करोडौंको लगानी बालुवामा पानी

  • चैत १८, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी/ प्रदेश एकको ब्यापारिक केन्द्र संगै पछिल्लो समय शैक्षिक हव समेत बनिसकेको सुनसरीको इटहरीमा नियमित अनुगमन तथा सम्बन्धित निकायले चासो नराखिदिदा शिक्षा क्षेत्रमा एक पछि अर्काे बेथितिहरू सार्वजनिक हुन थालेका छन ।सामुदायीक तथा निजी बिद्यालयहरूको नियमित अनुगमन तथा संरक्षण गर्ने जिम्मा लिएको स्थानीय सरकार इटहरी उपमहानगरले गम्भिर बनेर चासो नराख्दा बेथितिहरू बाहिरिन थालेका हुन ।

उपमहानगरले शिक्षा क्षेत्रलाइ थप सुधारोन्मुख बनाउन बार्षिक करोडौ रकम बिनियोजन गरेपनि संरक्षणको दायित्वबाट टाढिँदा लगानी बालुवामा पानी सरह बनेको छ । इटहरी १० खनार स्थित श्री मनमोहन आधारभूत विद्यालयको अवस्था अहिले दयनीय बन्दै गएको छ । कक्षा ८ सम्म रहेको यस बिद्यालयमा बिद्यार्थीहरू चारसय बढी रहँदा शिक्षकहरू मात्रै ५ जना रहेका छन ।शिक्षक अभावका कारण बिद्यालयले पुर्णरूपले पठनपाठन गराउन पाएको छैन भने सम्बन्धित निकायमा गुनासो लगेपनि कुनै सुनुवाइ भएको छैन ।

शिक्षकहरू ५ जना मात्रै त्यसमा पनि प्रधानाध्यापक प्रसाशनिक काममा ब्यस्त हुने गरेका छन । बिद्यालयका प्रधानाध्यापक भीम बहादुर बस्नेतले शिक्षक अभावको बिषयमा उपमहानगरलाइ पटक पटक जानकारी गराएको तर अहिले सम्म पनि समस्या ज्युँको त्युँ रहेको सुनाए ।
उनले उपमहानगरमा मात्र नभइ प्रदेश सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित शिक्षा इकाइहरूमा समेत बिद्यालयको अवस्थाबारे जानकारी गराइसके पनि कुनै सुनुवाएै नगरेको उनले गुनासो गरे ।

बिद्यालय ब्यवस्थापनकी अध्यक्ष शारदा श्रेष्ठले बिद्यालयमा अझै ९ जना शिक्षकको आवश्यक्ता रहेको सुनाइन । शिक्षक अभावका कारण बिद्यार्थीहरूको पढाइ अवरूद्ध बनिरहेको छ भने उनीहरूको भविष्य माथि खेलवाड भइरहेको पनि उनले बताइन् ।

त्यस्तै इटहरीकै खनार स्थित मदन आश्रित आधारभूत विद्यालयको अवस्था पनि यस्तै दयनीय रहेको छ । कक्षा ५ सम्म सञ्चालन भइरहेको बिद्यालयमा १ सय ५० बढी बिद्यार्थीहरू रहँदा शिक्षक जम्मा १ जना मात्रै रहेका छन ।

एक जनाको भरमा १ सय ५० बढी बिद्यार्थीहरू अध्ययनरत छन् । यस बिद्यालयको अवस्थाबारे पनि उपमहानगर तथा शिक्षा इकाइ कार्यालय र प्रदेश सरकारसँग पनि कुरा भइसकेको तर अहिले सम्म कुनै सुनुवाइनै नभएको मदन आश्रीत आधारभूत विद्यालयकी प्रधानाध्यापक मिथिला नेपालले बताइन् ।
यता उपमहानगरको शिक्षा शाखाका प्रमुख फाल्गुनी प्रसाद काफ्लेले बिद्यालयहरूको सबै गुनासो सुनेको तर बजेट अभावका कारण तत्काल समस्या समाधान हुन नसकेको बताए ।यस बिषयमा सम्बन्धित जिलला शिक्षा इकाइ तथा कार्यालयहरूसँग समन्वय भने भइरहेको उनले बताए ।

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved