अनुशासनहिन विद्यार्थीलाई निष्कासन गरिएको गोर्खाको स्पष्टी

  • चैत १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले तालिममा रहेका चार जना विद्यार्थीलाई अनुशासनको कारबाही गरी निस्काशन गरेपछि उत्पन्न विवादमा सेन्टरबाट कुनै पनि गलत काम नभएको स्पष्ट पारेको छ ।
गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार पत्रकार सम्मेलन गर्दै अनुशासन र सेन्टरको नियम अनुसार नबस्ने विद्यार्थीहरुलाई निष्काशन गरिएको स्पष्ट पारेको हो ।

नेपाल सरकारको नियमअनुसार कम्पनी दर्ता गरी प्रशिक्षण केन्द्र सञ्चालन गरेकाले विद्यार्थीलाई कुनै पनि अन्याय नगरेको र नियमअनुसार कारबाही गरेको सेन्टरका संचालक प्रेम मुकारुङ राईले स्पष्ट पारे । अनुशासनको कारबाहीमा परी निष्काशित विद्यार्थीको एक पक्षीय कुरा सुनेर सेन्टरलाई बदनाम गर्न खोजिएको उनको आरोप छ ।

सेन्टरमा ४ जना विद्यार्थीले आफूभन्दा सिनियर प्रशिक्षक, गुरुहरुले सिकाउने क्रममा अनुशासन विपरीत काम गर्ने, विद्यार्थी साथीलाई हातपात गर्ने, महिला विद्यार्थी साथीले सुन्नै नसक्ने गरी अश्लील शब्द प्रयोग गरेको आरोपमा निष्काशित गरेको राईको भनाई छ ।

उनीहरुमाथि बारम्बार सचेत गराउँदा पनि सुधार नआएकाले उनीहरुलाई निश्कासन गर्नुपर्ने बाध्यता आएको उनले बताए । अनुशासन विपरित कार्य गर्ने ४ जनालाई निष्कासन गरे पछि उनीहरु सँगै रहेको अन्य ४ जनाले सेन्टर छाडेको उनले बताए । कारबाही गर्नुअघि आचरण ठीक नभएको भन्दै केही विद्यार्थीका अभिभावकसँग समेत सेन्टरले कुराकानी गरेको सञ्चालक राईले बताए ।

निष्काशित विद्यार्थीले गत चैत २ गते सोमबार इलाका प्रहरी कार्यालय धरानमा सेन्टर विरुद्ध ठगीको निवेदन दिएका थिए । ३ गते भएको छलफलमा सेन्टरले पेश गरेका प्रमाणका आधारमा सेन्टरको गल्ती नभएको निष्कर्ष निकालिएको थियो ।

लाहुरे लगाउने नाममा खोलिएका सेन्टरहरुको सिन्डिकेटका विरुद्ध, तिनीहरुको दलाली, र भ्रष्टाचार विरुद्ध मिसनका रुपमा ‘गोर्खा कम्पनी ट्रेनिङ सेन्टर’ सञ्चालन भएको बताउँदै प्रबन्ध निर्देशक राईले आफ्नो संस्थाको विश्वसनीयता बचाइराख्न आफूहरु कानूनी प्रक्रियामा जानसमेत बाध्य हुनुपर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved