धरान/ प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा सबै संगठनसंग सहकार्य गरेर अघि बढ्ने जनाएको छ ।आइतबार धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नया“ मनोनयनसमेत गरेको छ ।
पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने वैठकले निर्णय गरेको हो ।
बैठकले संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोला, सह संयोजकमा योगेशवाबुकÏले र सहसचिवमा पप्पु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङले जानकारी दिए ।
संगठनले कमिटीलाई पूर्ण दिदैँ ३२ सदस्यीय कमिटी बनाएको छ । संगठनमा सक्रिय सदस्यहरुलाई बढी प्राथमिकता दिएको संगठनका सचिव चाम्लिङले जानकारी दिए । बैठकले श्रमजिवी पत्रकाहरुको हकहितका मुद्धा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक प्रेम बास्तोलाले जानकारी दिए ।
बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की, पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरालायलगायतको उपस्थिति रहेको थियो । संगठनले महासंघको नेतृत्व चयनका विषयमा विज्ञप्ती प्रकाशित गरेको छ । संगठनले आधिरिक रुपमा नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा अगाडि सारेको छैन । नेतृत्वको विषयमा अन्य संगठनसंग सहकार्य गरेर अगाडि बढ्ने र नेतृत्वमा विषयमा छलफल भइरहेको संगठनका सुनसरी सचिव चाम्लिङले जानकारी दिए ।