भ्यालेन्टाइनको पूर्वसन्ध्यामा मोडलद्वय दिनेश र लेजिनाको फोटोसुट

  • फागुन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरीः १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे । विश्वभरका युवायुवतिहरुका साथै नेपालमा पनि पछिल्लो समय यो दिवस भव्यताका साथ मनाइन्छ ।

भ्यालेन्टाइन डे कै पूर्वसन्ध्यामा शनिवार सुनसरीको इटहरीमा मोडलद्वय दिनेश कोइराला र लेजिना सुवेदीले भ्यालेन्टाइन स्पेसल फोटोसुट गराएका छन् । दिनेश कोइराला, मोडलिङ्ग जगतमा एक चर्चित नाम हो । उनी अहिले कलाकारिता क्षेत्रमा व्यस्त छन् । बाल्यावस्थादेखि नै अभिनयमा रुचि राख्ने दिनेश फिचर फिल्म ‘द कमाण्डो’ बाट बाल कलाकारका रुपमा आफ्नो कलाकारिताको यात्रा तय गरेका थिए । पछिल्लो समय उनले ‘मिराज’, ‘म पर्खिरहन्छु’, ‘फेक फ्रेण्ड’, ‘राम साइँली’ जस्ता फिल्ममा मुख्य तथा सहायक भूमिका निभाइसकेका छन् ।

साथै तीन दर्जनभन्दा बढी म्युजिक भिडियो तथा एरिना टेलिभिजनबाट प्रसारित चर्चित हास्य टेलिश्रृंशला ‘उमेर गयो, बैस गएन’ मा मुख्य प्रात्र र कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘इर्किनी मिर्किनी’मा सिक्री साइलाको भुमिका निभाएका उनले एक सय ५० भन्दा बढी छोटो फिल्म र करिब ३५ भन्दा बढी विज्ञापनमा अभिनय पनि गरिसकेका छन् । हँसिला र मिजासिला देखिने दिनेशमा सबैसँग मिल्न सक्ने खुबी रहेको छ । उनी सिने जगतमा मात्र नभएर सामाजिक रुपमा पनि निक्कै उग्रसर रहेका छन् । सहयोगी भित्ता इटहरीका सचिव रहेर समाजिक क्षेत्रमा धेरै योगदान गरेका उनी नेपाल चलचित्र महासंघ प्रदेश १ का महासचिव जस्तो गरिमामय पदमा रहेका छन् । उनी भन्छन्, “सेवा नै धर्म हो ।”

फोटोसुटमा दिनेशलाई साथ दिएकी मोडल, लेजिना सुवेदी भोजपुरी सिने जगतमा एक चर्चित नाम हो । मोडलिङ्गबाट आफ्नो यात्रा सुरु गरेकी उनले भोजपुरी र मैथिलीमा एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय दिइसकेकी छन् । उनी हाल नेपाली म्युजिक भिडियोमा समेत अभिनय गर्न थालेकी छन् । अभिनय तथा नृत्यलाई अँगाल्दै अघि बढेकी लेजिना पछिल्लो समय, निकै सफल र व्यस्त देखिन्छिन् । यस प्रणय दिवसको अवसरमा, दिनेश र लेजिनाको फोटोसुट इटहरीमा अवस्थित ड्रिम्स फोटोग्राफीका संयोगजंग बिष्ट लगायतको टिमले गरेको छ । साथै फोटोसुटको ड्रेस तथा मेकअप न्यू युनिक कस्मेटिककी सञ्चालिका सीमा कोइरालाले व्यवस्थापन गरेकी थिइन् ।

268A6662-1

268A6767-1

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved