धरान/ बन्दाबन्दीको समयमा घर–घरमा तरकारी पु¥याएर व्यावसायिक जीवनमा प्रवेश गरेका केही युवा कोभिडबाट सहज बन्दै गएपछि अनलाइन सेवा सुरु गर्ने भएका छन् ।
कोभिड–१९ को त्रासका कारण सरकारले गत चैत ११ गतेदेखि देशभर बन्दाबन्दी घोषणा गरेको थियो ।
त्यस बेला ढुवानी निःशुल्क गरेर सर्वसाधारणका घर–घरमा तरकारी पु¥याएका उनीहरूले अब अनलाइनमार्फत् सेवा दिने भएका हुन् । बन्दाबन्दी सुरु भएको तीन महिनापछि गत असारमा उनीहरूले १० लाख रुपैयाँको लगानीमा हरिया तरकारी र फलफूलबाट अनलाइन व्यापार सुरु गरेका हुन् ।
उनीहरूले धरान–१५ को भानुमार्गमा सप अर्डर प्रालि सञ्चालन गरेका छन् । यसको औपचारिक उद्घाटन आगामी फागुन ४ गते हुने सञ्चालकहरूले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए । अहिलेसम्म हरिया तरकारी, फलफूल र किराना सामानमा निःशुल्क सेवा दिइरहेको प्रालिले जनाएको छ ।
फागुन ४ देखि विभिन्न रेस्टुरेन्टका परिकार, इलेक्ट्रोनिक्स, फेन्सी वेयर, स्पोर्टस् सामग्री, किरानाका सामान र पुस्तकहरूसमेत अनलाइन अर्डरमा सेवा दिइने अध्यक्ष सुमन लिम्बूले बताए । उनी भन्छन्, ‘हामी केही युवा मिलेर समाजसेवासँगै व्यवसाय सुरु गरेका छौँ, अवश्य सफल हुन्छौं ।’ उनले अहिलेसम्म ट्रायलको रूपमा रहेको र विधिवत रूपमा दर्ता नै भएर सुरु गर्न लागेको बताए ।