बहुभाषिक कविता गोष्ठी सम्पन्न

  • माघ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरान प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार बहुभाषिक कविता गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा धरानभित्र बोलिने राई–चाम्लिङ, बान्तवा, मेवाहाङ, पुमा, वाम्बुले, लिम्बू, मगर, गुरुङ, तामाङ, सिङसावा, शेर्पा, मैथिली, ताजपुरिया, याक्खा, नेवारलगायतका २२ मातृभाषी कविहरूले मातृभाषामा कविता वाचन गरेका थिए ।
त्यस क्रममा उत्कृष्ट १० मातृभाषी कविलाई छनोट गरिएको थियो ।

उत्कृष्ट कविका रूपमा प्रदीप योङहाङ लिम्बू, योन्जन इन्दु तामाङ, सेम्माङ याक्खा, पानस गुरुङ, निमा पोङ्सुवा सिङसवा, सोमा लिम्बुखिम याक्खा, मिलन चाम्लिङ, अमृत वामबुले राई, मनि राई गोठाले (मेवाहाङ) र बमप्रकाश राई (चाम्लिङ) छानिएका छन् ।

गोष्ठीमा निर्णायकका रूपमा प्राडा टङ्क न्यौपाने, वरिष्ठ कवि बम देवान र मुन्धुमी कवि प्रदीप मेन्याङ्बो थिए । उत्कृष्ट १० लाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगर प्रमुख तिलक राईको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा उपमेयर मञ्जु भण्डारी सुवेदी विशेष अतिथि तथा ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की विशिष्ट अतिथि थिए ।

148954327_430551438061329_2423574796416541224_n

मनसुनको पहिलो दिनै ध ...

सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रा ...

मन्जु गुरुङ ‘मिसेस स ...

धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित &ls ...

भोजपुरको ऐतिहासिक से ...

भोजपुर/ नेपालमा फलाम खानीको उल्लेख्य सम्भावना हुँद ...

११४३ किलो गाँजासहित ...

उदयपुर/ उदयपुरमा प्रतिबन्धित लागूपदार्थ गाँजाको ठू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved