बास्केटबल टिमलाई बिदाइ

  • माघ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ काठमाडौँमा आायोजना हुने २३ वर्षमुनिको बास्केटबल प्रतियोगितामा सहभागी हुन जाने धरानका बास्केटबल खेलाडीहरूलाई बुधबार बिदाइ गरिएको छ ।

धरान–१२ को हिमालयन मेघा कलेजको प्राङ्गणमा धरान बास्केटबल सङ्घ र मेघा कलेजले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी अध्यक्ष नारायण सुवेदी र मेघा कलेजका बीबीएस कोअर्डिनेटर चन्द्र वनेमले खदा ओढाउँदै टीका लगाएर उनीहरूलाई बिदाइ गरेका हुन् । उनीहरूले जितको शुभकामना पनि दिए । धरानको प्रतिनिधित्व गर्दै ब्रदर्स वास्केटबल टिम प्रतियोगितामा सहभागी हुनेछ ।

काठमाडौँको क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा आगामी फागुन २ गते सुरु हुने प्रतियोगितामा धरानबाट सुजन राईको कप्तानीमा आशिष लिम्बू, कबिन मगर, विशालहाङ राई, मौसम राई, जोमन राई, सर्वधन राई, सुसन श्रेष्ठ, अभिमान राई, सन्तोष राई र सुसन राजवंशीले भाग लिनेछन् । टिमले बिहीवार यहाँबाट प्रस्थान गर्ने कप्तान राईले जनाए ।

बिदाइ कार्यक्रमको क्रममा कलेजले बाटोमा खाजा खान भन्दै टिमलाई ३ हजार रूपैयाँसमेत प्रदान गरेको थियो । कार्यक्रममा हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, फाउन्डर मेम्बर जीवन न्यौपाने, दीपेन्द्र यादव, पत्रकार देवेन्द्र कार्की, कलेजका विद्यार्थीहरूलगायत उपस्थित थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved