धरान/ अर्थिक अभावमा क्यान्सरको उपचारमा समस्या झेलीरहेकी धरान १५ की मेनुका लिम्बुले सहयोगको लागि अपिल गरेकी छिन् ।
पाटन अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराइरहेकी उनलाई अप्रेसनका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेकी हुन् ।
बिरामी लिम्बुको पाठेघरमा क्यान्सर हुनका साथै घाटीमा समेत इन्फेक्सन सुरु भएकोले अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको बिरामीका बुवा बुवा नयन्द्र बहादुर लिम्बुले बताएका छन् ।
बिरामीको अप्रेसनको लागि ३५ लाख लाग्ने अस्पतालले भनेको बताउँदै उनले सहयोगको अपिल गरेकी छन् । २५ वर्षिय लिम्बुको ७ महिनाको बच्चा समेत रहेको छ । सुरुसुरुमा खाना नरुच्ने र पानी मात्र खान थालेकी उनी काठमाण्डौँ आमाजुले बोलाएर आमाजुकोमा गएकी थिइन् । त्यहि रहदा उनको पेट सुन्निन थालेपछि पाटन अस्पताल भर्ना गरेको बताइएको छ ।
सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका बुवा नयन्द्र बहादुर लिम्बुको सम्पर्क नंम्बर ९८००९३२१२९ मा सम्पर्क गर्न सक्ने छन् ।