काठमाडौँ÷ नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आगामी शनिबार (माघ १७) ‘सुपर स्याटरडे’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
त्यस दिन सुजुकीका चारपाङ्ग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् ।
‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने कम्पनीले जनाएको छ ।
त्यस दिन ग्राहकहरूलाई अधिकतम दुई लाख रुपैयाँसम्म र एक लाखसम्मको सुपर स्याटरडे नगद छुटका साथै निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा पनि प्रदान गरिने बताइएको छ ।
यो अफर शनिबार एक दिनका लागि देशभरका सबै ३८ वटा डिलरमा लागू हुनेछ ।
हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीका अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्वीप्mट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलका गाडी बिक्री गरिरहेको छ ।