ओलीको कदमविरुद्ध विराटनगरका प्रबुद्ध नागरिक सङ्गठित

  • माघ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्ध यहाँका प्रबुद्ध नागरिक एकजुट भएका छन्।

वाम बुद्धिजीवी एवम् प्राध्यापक कृष्ण पोखरेलको नेतृत्वमा प्रबुद्ध नागरिक अभियान समितिका नाममा सङ्गठित भई अभियान सुरु गरिएको हो। समितिले बुधबार महेन्द्र चोकमा सडकमै पत्रकार सम्मेलन गरी ओलीको कदमले लोकतन्त्र समाप्त हुने खतरा भएको बताएको छ।

समितिमा विभिन्न पेशाका एक सय नौजना सदस्य छन्।समितिले प्रतिनिधिसभा विघटनविरूद्ध विचार गोष्ठी,विरोध जुलुस, धर्नालगायतका कार्यक्रम गर्ने जानकारी दिँदै संयोजक प्रा पोखरेलले भने, ‘सत्य र असत्य, न्याय र अन्याय तथा इमान र बेइमानका बीचमा लडाइँ हो।

अब पेशाकर्मी बौद्धिक नागरिकहरू चूप लागेर बस्नु हुँदैन।’ उनले व्यक्ति केपी ओलीले कोठाभित्र बोल्दा जेसुकै बोले पनि प्रधानमन्त्रीका हैसियतबाट बोल्दा होस पु¥याउनुपर्ने बताए।

आफ्नै दम्भ र निरङ्कुश प्रवृत्तिका कारण दलभित्रको मतभेद व्यवस्थापन गर्न नसकेर ओलीले असंवैधानिक ढङ्गले हठात् प्रतिनिधिसभा विघटन गरेको पोखरेलको भनाइ छ। अर्थशास्त्री प्राडा पीके झाले कामचलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्न नपाउने जिकीर गर्दै ओली स्वेच्छाचारी भएको धारणा राखे।

झाले छिमेकी चीन र भारत विश्वमै ठूला आर्थिक साम्राज्य भइरहेका बेला ओलीले नेपालमा निम्त्याएको अस्थिरताले यहाँ ठूलो आर्थिक उथलपुथल हुने जिकीर गरे।

सो अवसरमा पत्रकार महासङ्घका मोरङ अध्यक्ष बन्धु पोखरेलले जोकर बोल्दैछन् कि प्रधानमन्त्री भनेर छुट्याउन संवाददाताहरूलाई गाह्रो पर्न थालेको उल्लेख गरे।

कानुन व्यवसायी मेदनी सेढाईंले ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरे।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved