मोडर्न प्रिप्रेटरीमा शहीद सप्ताह

  • माघ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी÷ शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताह यहाँस्थित मोडर्न प्रिप्रेटरी स्कुलले सदाझैं यस वर्ष पनि मनाइरहेको छ ।

इटहरी–६ को मोडर्न प्रिप्रेटरीले विद्यार्थीहरूको सहभागितामा साताव्यापी शहीद सप्ताह मनाइरहेको जनाएको छ ।

देश र जनताका लागि जीवन बलिदान दिने शहीदहरूको सम्झनामा शहीद शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेको दिन माघ १० गतेबाट विभिन्न कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक महेश दाहालले जानकारी दिए ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध हुने भावना विकास गर्न मद्दत गर्ने भएकाले कार्यक्रम गरिएको विद्यालयका सामाजिक विषयका शिक्षक प्रकाश प्याकुरेल बताउँछन् । विद्यालयले शहीदहरूको त्याग र समर्पणका विषयमा छलफल गर्ने, कविता वाचन, खुला हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रम आयोजना गरिरहेको प्रिन्सिपल मणिकुमार पौडेलले बताए ।

पौडेलका अनुसार १६ गते शहीद दिवसका दिन विशेष कार्यक्रम आयोजना गरिनेछ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved