इलाम/ इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिपय ठाउँ उत्कृष्ट गन्तव्यको सूचिमा छन त कतिपय ठाउँ चर्चामा आउन सकेका छैनन । पर्यटकीय गन्तव्यका लागि भरिपूर्ण रहेका यि क्षेत्रको विकासमा इलाम नगरपालिकाले चासो देखाएसँगै पर्यटकको आकर्षण हुन थालेको छ ।
जिल्लाको इलाम नगरपालिका र देउमाई नगरपालिकाको पानि ढलोको रुपमा रहेको कुहिभिर रहेको छ । यहाँ बाट जिल्लाका अधिकांश ठाउँको दुश्य देखिनुका साथै जैविक विविधताले र प्रकृतिक सौनदर्यले भरिपूर्ण फाँट देख्न पाईन्छ ।
कुहिभिर नजिकै धनमाने देउराली रहेको छ भने धनमाने देउराली बाट उकालो लागेपछि पाटेनागी शुरु हुन्छ । धनमाने देउरालीमा पुग्ने जो कोहिले एउटा ढूङ्गा राखेर हिँढ्ने गर्छन जसले गर्दा ढूङ्गाको चुचुरोनै बनिसकेको छ ।
तीन हजार ५४ मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ ।
यहाँवाट सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ ।
यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ ।
यस ठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), हिनिरहेको देख्न सकिन्छ । यहाँ , ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु लगाएतका वन्य जन्तु पाईनुका साथ धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।
यो क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुर भन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागी अव्वल मानिन्छ । मेची राजमार्गमापर्ने इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्चि सडकको यात्रा पछि पाटेनागी पुग्न सकिन्छ ।
इलाम र पाँचथरको सिमानामा पर्ने लोहाकिल पनि पाटेनागी क्षेत्रमै पर्दछ । सिमा क्षेत्र भएपनि लोहाकिल पाँचथरतिर पर्छ । लोहाकिल चुचुरोबाट इलामको सौन्दर्य अनि झापाका सुन्दर फाँटहरू देखिन्छ । यहाँ सुन्दर देखिने देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको छिन्टापु इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छ ।
वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । यहाँ सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ पोखरीले अझ मन प्रफुल्लित बनाउँछ । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले आकर्षित गर्छ ।
छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ । इलामका सबैभन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा ३६ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्न सकिन्छ ।