जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

  • पुस १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुर ।उदयपुर उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन ।

पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई(७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढ-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन ।

घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा शुक्रबार विहानको राती ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

साथै प्रहरीले जुवाको खालबाट नगद ५८ हजार ८ सय ५ रुपैया, १६ थान कौडा, १२ थान मोबाईल र ८ थान मोटरसाईकल समेत बरामद गरेको छ । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आज गुरु पूर्णिमा र व ...

धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर ...

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved