लागु औषधको ट्रान्जिट बन्दै धरान इटहरी : खुल्ला सिमाना मुख्य चुनौती, चेक जाँचमा कडाइ

  • मंसिर २६, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । कोरोना संक्रमणका कारण सिल गरिएका भारतीय नाकाहरू पछिल्लो समय केहि खुकुलो हुन थाले पछि सुनसरीको बजारहरूमा प्रतिबन्धीत अवैध लागुऔषध भित्रिन थालेका छन । सुनसरीसंग जोडिएका खुल्ला सिमाना र बिराटनगरको जोग्वनीबाट प्रतिवन्धीत लागु औषधहरू मोरङ हुदै सुनसरीका बजार भित्रिन थालेका हुन ।

सरकारले गत साउन ६ गते आंशिक लकडाउन अन्त्य भएको घोषणा पछि भदौ दोश्रो साताबाट भारतीय नाकाहरू खुकुलो बनाइएको थियो । नाकाहरू खोलीए संगै सुनसरीको बजारहरूमा अवैध लागुऔषधको कारोबार बढ्दै गएको तथ्यांकले देखाएको छ ।

गएको १ महिना यता सुनसरीको बिभिन्न स्थानहरूबाट २४ जना लागुऔषध कारोबारी समातिएका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सबैभन्दा बढी धरान र इटहरीबाट कारोबार हुने गरेका छन् ।

एक महिना यता सुनसरीको इटहरीबाट ७ जना लागुऔषध सहित पक्राउ परेका छन भने धरानबाट १२ जना पक्राउ गरीएको सुनसरी प्रहरीले जनाएको छ । त्यसैगरी इनरूवाबाट २ जना, दुहबीबाट एक जना र भण्टाबारीबाट २ जना गरी १७ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई लागुऔषध ओसारपसार ऐन अन्तरगत मुद्धा चलाइएको छ ।

धरान इटहरी ट्रान्जिट पोइन्ट

बढदो शहरीकरण संगै सुरक्षाको दृष्टीकोणले बलीयो मानिएको सुनसरीको धरान र इटहरी पछिल्लो समय लागुऔषध कारोबारी र सेवनकर्ताहरूका लागि ट्रान्जिट पोइन्ट बनेको तथ्यले देखाएको छ । धरानमा लागुऔषध सम्बन्धी गत कार्तिक महिना देखि मंसिर ९ गते सम्म ९ वटा मुद्धा दर्ता भएका छन भने सोहि मुद्धामा १२ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार भारतको जोग्वनी नाका, सुनसरीको भण्टावारी र हरिनगराको नाकाबाट अवैध लागुऔषध चारकोसी झाँडी हुदै धरान सम्म ल्याइने गरीएको छ ।
सिमामा कडाइ गरिए पनि कारोबारीहरूले पहिले देखि नै चोर बाटोको प्रयोग गर्दै इटहरीबाट धरान र धरानबाट पहाडी जिल्लाहरू सम्म पुगेर बिक्रि बितरण गर्ने गरेको डिएसपी बस्नेतको भनाइ छ । उनले भने, कारोबारीलाइ नियन्त्रण गर्दा प्रहरी केही मात्रामा सफल पनि भएको छ, तर पुर्ण रुपमा नियन्त्रण हुन सकेको छैन, लागुऔषध कारोबारी बिरूद्ध धरानमा बिशेष योजना ल्याएका छौं ।’
यता इलाका प्रहरी कार्यालय इटहरीमा गएको एक महिनामा लागु औषध सम्बन्धी ३ वटा मुद्धा दर्ता भएका छन भने ७ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा १८ वर्ष देखि ४३ वर्ष सम्मका छन । प्रहरीका अनुसार ३ जना कलेजका बिद्यार्थीहरू छन् । प्रहरीले इटहरीबाट बुधबार एकैदिन ६ जनालाइ अवैध लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाइ ऐन अन्तरगत मुद्धा दर्ता गरी कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए ।

सुनसरी संग जोडिएको भारतीय खुल्ला सिमाका कारण लागुऔषध कारोबारीहरू बढदै गएको र नियन्त्रण तथा रोकथाम जारी रहे पनि प्रहरीका लागि चुनौती पुर्णनै रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।

उनले भने, ‘सिमामा थप निगरानी र चेकजाँचमा कडाइ गरेपनि लागुऔषध कारोबारीहरूले चोरबाटोबाट अवैध रूपमा बजार पु¥याउने गरेका छन् ।’ सुनसरीमा अघिल्लो वर्षको तुलनामा चालु वर्षमा लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरी केही मात्रामा सफल भएको थापाले बताए ।

 

एचआइभि संक्रमित परिव ...

धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी स ...

महेन्द्रगेटको सौन्दर ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन ...

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved