बेलबारी नगरपालिकामा ६ हजार भन्दा बढिलाई जग्गा धनिपुर्जा बाडिदै

  • मंसिर २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी ÷ बेलबारी नगरपालिकाका ६ हजार भन्दा वढि घरपरिवारलाई जग्गा धनिपुर्जा बितरण गरीने भएको छ । सोमबार मोरङको बिराटनगरमा सकुमबासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।

आयोग सँग नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले हस्ताक्षर गरेका छन । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित बिबरण समेत तयार पारेको छ ।

आयोगले तयार पारेको बिरणमा थपघट हुन सक्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले भने अफनो नगरमा भएका भुमिहिन सकुमवासि, दलित भुमिहिन, अब्यबस्थित बसोवास गरीरहेकाहरुको पुन तथ्याक संकलन गरेर आयोगमा पठाउछौ ।

बेलबारी सहित प्रदेश १ का ३० स्थानियतहमा पुर्जा वितरण गर्ने आयोगले जनाएको छ । मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ पाँचथर इलामका केहि स्थानियतहमा पुर्जा बितरण गर्ने तयारी अगाडि बढाइएको छ । मोरङ उर्लावारी,पथरीशनिश्चरे बेलबारी रंगेलि,लेटाङ, कानेपोखरी र मिक्लाजुङ रहेका छन ।

आयोगले दलित भुमिहिन, भुमिहिन सकुम्बासी, अब्यस्थीत बोसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने गरी काम अगाडि बढाएको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved