होटल व्यवसायी सँग मौद्रिक नीतिबारे छलफल

  • असोज ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको विषयमा धरानका होटल व्यवसायी सँग छलफल भएको छ ।
कोरोना संक्रमणका कारण बन्दाबन्दीको समयमा सरकारको आर्थिक नितीबाट होटल व्यवसायी पाउने राहत र कर्जाका विषयमा छलफल भएको हो । होटल व्यवसायी समिति धरानले आयोजना गरेको छलफलमा बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुलाई परेको मार्का र त्यसबाट सहजता पाउने विषयमा व्यवसायीहरुले छलफल चलाएका थिए ।

प्राइम कमर्सियल बैंकका प्रदेश नं. १ का प्रमुख दिमन श्रेष्ठले व्यवसायीका हितमा राष्ट्र बैंकले ल्याएका पुनर्कर्जा, कर्जा समायोजन, व्याज अनुदान, बिना धितो पाइने कर्जाका विषयमा जानकारी गराएका थिए । उनले राष्ट्र बैंकको नीति अनुसार सबै बित्तिय संस्थाहरुले एउटै नियम अनुसार कार्य गर्नुपर्ने बताए । बैंकहरुले आफू खुसी थप ऋण निकाशा गरेर बैंकको ऋण र व्याज असुल गर्नु कानुनतः सही हुन नसक्ने उनले बताए ।

उनले भने, ‘बैंकले जहिले पनि ऋणीको अवस्था राम्रो होस् भन्ने नै सोच्ने भएकोले आफूलाई परेको समस्याका बारेमा आफूले कारोबार गरेको बैंकसंग छलफल गर्न आग्रह गर्दछु ।’

समितिका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले विश्व पर्यटन दिवसको अवसर पारेर स्थानीय पर्यटन व्यवसायीको आर्थिक हितका लागि यो कार्यक्रम गरेको बताएका थिए । कार्यक्रममा धरानका होटल व्यवसायीहरुले राहतहरुमा के–कस्तो लाभ लिन सक्छन् भन्ने विषयमा अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved