माग सम्बोधन नभए धरानका निजी विद्यालय बन्द गर्ने प्याप्सन–एनप्याप्सनको चेतावनी

  • असार ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्सन र एन–प्याप्सनले आफ्ना मागहरू सम्बोधन नभए धरानका सम्पूर्ण निजी विद्यालय बन्द गर्नेसम्मको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका प्रतिनिधिहरूले वर्तमान अवस्था यथावत् रहे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विद्यालय बन्दसम्मको निर्णय लिन सकिने बताएका हुन्।

पत्रकार सम्मेलनमा प्याप्सन अध्यक्ष दीपक घिमिरे र एन–प्याप्सन अध्यक्ष भगत लिम्बूले आफूहरू आबद्ध विद्यालयले तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए कानुनअनुसारको कारबाही भोग्न तयार रहेको स्पष्ट पारे।

साथै, अन्य विद्यालयहरूले समेत बढी शुल्क असुली गरेको पुष्टि भए आवश्यक कारबाही हुनुपर्नेमा जोड दिए।

उनीहरूले केही संस्था र व्यक्तिहरूले सीमित अभिभावकलाई अघि सारेर निजी विद्यालयको बदनाम गर्ने प्रयास गरेको आरोप लगाउँदै निजी क्षेत्रलाई मात्र लक्षित गरी दबाब सिर्जना गर्ने र एकपक्षीय दोषारोपण गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

सङ्गठनले धरान उपमहानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत अधिकृत चन्द्रकुमारी राई र सञ्जीता धमलामाथि कारबाहीको माग गर्दै ‘नेचर क्लब’को वैधानिकता, उद्देश्य र कार्यविधिबारे समेत प्रश्न उठाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका शुल्कसम्बन्धी बिलहरूबारे विद्यालय सञ्चालकहरूले अधिकांश कागजात वार्षिक शुल्कका विवरण भएको तथा कतिपय अवस्थामा अभिभावकलाई जानकारी दिन तयार गरिएको रफ हिसाब–किताबलाई नै बिलका रूपमा प्रचार गरिएको दाबी गरेका छन्।

शुल्क विवादको समाधान तथ्य, प्रमाण र संवादका आधारमा हुनुपर्नेमा जोड दिँदै उनीहरूले शिक्षा क्षेत्रलाई अनावश्यक विवादमा नतान्न सरोकारवालासँग आग्रह गरेका छन्।

 

 

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved