एक सय २ बर्षिय दिर्घजिविको खण्डकाव्य लोकार्पण

  • भदौ २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । १सय २ बर्षीय दीर्घजिवि धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेखेका छन् । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेले लेखेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गरेको कृति १सय २ बर्षीय न्यौपानेले उनकैै निवासमा लोकार्पण गरेका हुन् । शास्त्रीय छन्दका १सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीय युवतीका वारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने, कान सुन्ने, कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ ।

ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ । सपनामा आफना वारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले वताए । लोकार्पण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुरयाउनुभएको योगदानको चर्चा गरे । साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको वताए । समाजसेबि प्रेम प्रकाश सिटौलाले उमेरले १सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको वताए ।

धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहिनको आवाज वुलन्द भएको वताए । कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गरेको भन्दै न्यौपानेको प्रशंसा गरे । तेहथुम चुहानडाँडा वाट ताप्लेजुङ्ग ढुगेसाँघु वसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाएका गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिए ।

१सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उनि अहिले सम्म चश्मा नलगाइ लेखपढ गर्न सक्छन । धरणीधर न्यौपाने अहिले पनि अर्को काब्य सृजना गरिरहेका छन् । आज लोकार्पण गरिएको कृति सहित उनका आधा दर्जन कृति प्रकाशित छन । न्यौपाने वंशावली, ग्राहस्थ्य शिक्षा, कोशी सामाजिक खण्डकाब्य, गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved