मूल्यपाउन आन्दोलन गर्दै चिया किसान

  • भदौ २३, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन ।

कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने निर्णय गरेपछि राहत अनुभूति गरे पनि किसान मूल्य नपाएपछि आन्दोलनमा पुगेका हुन । नगरपालिकाले कार्यविधि नै बनाएर चियाको मूल्य तोके पनि कार्यन्वयन गर्न नसक्दा किसान आन्दोलित बनेका हुन । किसानले गुणस्तरीय चिया लानुपर्ने र उद्योेगीले हरियो पत्तिको अनिवार्य प्रतिकिलो ४० दिनै पर्ने कार्यविधि बनाएपनि कार्यन्वयन हुन सकेको छैन । यता चिया उद्योगी भने कोरोना संक्रमणले गर्दा चिया बेच्न समस्या रहेको कारण नगरले तोकेको मूल्य दिन नसक्ने बताउँछन ।

सूर्योदय टी एसोसिएसनमा आबद्घ ५२ वटा उद्योग छन । एसोसीएसनमा आबद्घ उद्योगले मात्र नगरले तोकेको मूल्य दिन नसक्ने बताउँदै आएको छ । तर सोही नगरमा उद्योग सञ्चालन गरीरहेका एसोसिएसनमा आबद्घ नरहेका उद्योगी किसानले लगेको गुणस्तरीय चियाको मूल्य दिईरहेको बताउँछन ।

सूर्योदय नगरपालिकामै सञ्चालनभईरहेको गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईँ हरियो चियापत्ती प्रतिकिलो साढे ९२ रुपैयाँमा किन्ने बताउछन । उनी भन्छन “चियाको मूल्यमात्र होईन मेरो बगानमा आएर टिप्नेलाई मात्र प्रतिकिलो ४० रुपैयाँ दिन्छ । किसानको पनि लगानी छ , उनीहरुको पनि समस्या हुन्छ लगानी नै नउठ्ने गरीको मूल्य दिने भने पछि आन्दोलनमा जान बाध्य भएका हुन ।”

चाँपागाई सूर्योदय टी एसोसिएसनमा आबद्घ छैनन । सूनपामै सञ्चालनमा रहेको गोर्खा टी स्टेटले प्रतिकिलो साढे ९२ रुपैया मूल्य तोक्दै गर्दा सोहि ठाउका अन्य कारखानाले नगरले तोकेको मूल्य दिनुपर्ने माग गर्दे आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । पटक पटक आन्दोलनमा उत्रिएका चिया किसान कहिले सम्म पनि चियाको मूल्यकै बिषयलाई लिएर आन्दोलन गरीरहेका छन । चियाकै राजधानी भनेर भनेर चिनिएको इलाममा पटक पटक चियाकै विषयमा आन्दोलन भईरहँदा चिया किसानका समस्या समाधानको कुनै टुङ्गो छैन ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई किसानले समस्या राख्दै पटक पटक आउनु भएको छ । नगरपालिकाले मापदण्ड बनाएरै किसानका समस्या समाधान गर्नलागेकाले नगरपालिकाले बनाएको मापदण्ड मान्दिन भन्न नमिल्ने राईबताउछन । उनी भन्छन “उद्योगले दिनैपर्छ केही उद्योगले दिने भनिसकेका छन र केही बाँकि छन तिनिहरु पनि नगरपालिकाको मापदण्डमा आउनैपर्छ ।”

सूर्योदय नगरपालिकाले ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’उत्पादन मापदण्ड(३) मा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तरमा कायम गरी चिया उत्पादन प्रशोधन गर्न गराउनु पर्ने उल्लेख छ । उक्त कार्यविधिमा किसानले पनि गुणस्तरीय चिया ल्याउनु पर्ने र उद्योगीले पनि अनिवार्य प्रतिकिलो ४० रुपैया दिनुपर्ने मापदण्ड छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved