जनशक्ति आइसोलेसनमा बसे पछि सुरक्षाकर्मीको अभाव (भिडियो सहित) "सुनसरीमा सुरक्षा प्रभावित"

  • भदौ २२, २०७७
  • "दिनेश गजमेर"
alt

धरान । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरु सँगको सम्पर्कमा रहेका प्रहरीबाटै ब्यारेकमा समेत कोरोना संक्रमण फैलिदै गएको हो ।

विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरुबाट प्रहरी हिरासत भित्र रहेका थुनुवामा पनि संक्रमण फैलिएको पाइएको छ भने बयान लिने क्रममा, अभियुक्त सँगैको सम्पर्कमा रहेका प्रहरीबाट ब्यारेकका अन्यमा पनि कोरोना संक्रमण फैलिदै गएको हो ।

सुनसरीमा दोस्रो पटकको लकडाउन घोषणा भए पश्चात समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको छ भने प्रहरीहरुमा पनि देखिन थालेको हो । जिल्लामा १ हजार ५ जना प्रहरी ड्युटीमा खटिएका छन् । जस मध्ये आइतबार सम्ममा विभिन्न क्षेत्रमा कार्यरत ९९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु जिल्लाका विभिन्न स्थानमा रहेका आइसोलेसनमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापा बताउँछन् ।

कोरोनाले सुनसरीका प्रहरीमा समेत पकड जमाउदै गएपछि प्रहरीको शान्ति सुरक्षाको व्यवस्थापन पनि प्रभावित बनेको छ । फ्रन्टलाईनमा रहेर काम गर्ने प्रहरीहरुमै कोरोना संक्रमण देखिए पछि जनशक्तिको अभावमा सुरक्षा व्यवस्थापन चुनौतीपुर्ण बन्दै गएको छ ।

जनशक्तिको अभाव भए पछि सेवा नपाएको स्थानीयबाट गुनासो समेत आउने गरेका छन् । प्रहरीले समयमै रेस्पोन्स नगरेको गुनासो पनि बढ्दै गएको छ । स्थानीयको अपेक्षा बढी हुने भएकाले समयमै सेवा पुर्याउन नसकिएको उनले स्वीकार गरे । उनले भने, ‘भएको जनशक्तिलाई परिचालन गरेर गुनासो आउन नदिऔं, भन्ने हो, प्रयास पनि भइरहेका छं, जनप्रतिनिधीहरुलाई आग्रह पनि गरेका छौं, साना तिना घटनाहरु गाउँमै मिलाउन सकिने कुराहरु उतै मिलाउन भनेका छौं, मुख्य घटनाहरु हामी आफै हेरिरहेका छौं ।’

कोरोना संक्रमित प्रहरीहरु आइसोलेसनमा बस्न थाले पछि जनशक्तिको अभावमा सुरक्षा व्यवस्थापनमा समस्या आएको उनको भनाई छ । उनले भने, जनशक्ति आइसोलेसनमा बसे पछि सुरक्षाकर्मीको अभावमा सुरक्षा व्यवस्थापन चुनौतीपुर्ण नै रहेको छ, सिफ्टवाइज ड्युटीमा खटाएका छौं, थोरै जनशक्तिले बढी काम गर्नु परेको छ, कोरोना रहित जनशक्ति मात्रै परिचालित गरेका छौं ।’ साना तिना घटनाहरुलाई, अलिक पछि गर्दा हुने कामलाई कम प्राथमिकता दिएर सेवा प्रदान गरिएको उनको भनाई छ । प्रहरीको मुख्य काम र उदेश्यलाई चै प्रभाव नपारेको उनले दाबी गरेका छन् ।

एका तिर प्रहरी आफै नै फिल्डमा बन्द गराउँन, मास्क लगाउन पनि आग्रह गर्दै हिड्नु पर्ने अवश्थामा प्रहरीमा संक्रमण देखिएको उनको भनाई छ । अर्को भनेको फरार अभियुक्त, पक्राउ गरेर ल्याएको अभियुक्त सँग प्रत्यक्ष सम्पर्कमा प्रहरी हुन्छ त्यसबाट पनि ब्यारेकमा र थुनुवामा संक्रमण फैलिएको उनले बताए । उनले भने, उनीहरुको बयान लिन, उनीहरुलाई बाहिर भित्र ल्याउन सदैव सँगै हुनुपर्छ, त्यो प्रहरी त ब्यारेकमै बसेको हुन्छ, त्यसरी प्रहरीमा कोरोना संक्रमण फैलिएको हो ।’ आइसोलेसनमा बसेका प्रहरीहरु केही दिनमै फर्कने उनले बताए ।

जिल्लामा अस्थायी पोष्ट देखि जिल्ला प्रहरी कार्यालय सम्म ८१ वटा युनिटमा १ हजार ५ जना प्रहरी कार्यरत छन् । जिल्ला र इलाकामा चै अलिक बढी कार्यरत रहेको छन् ।

प्रहरी सँगै थुनामा रहेका थुनुवाहरुमा पनि कोरोना संक्रमण फैलिन थालेको छ । फरार अभियुक्तहरुलाई पक्राउ गर्ने सिलसिलामा खटिएका प्रहरीहरुबाट कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ । अभियुक्तको नजिक रहेर अध्ययन गर्नु पर्ने अवश्थाले कार्यालय भित्रै रहेका प्रहरीहरुमा कोरोना फैलिएको हो । सुरक्षाका खटिने जनशक्तिको अभाव अन्यत्रै जिल्लाबाट पनि प्रहरी ल्याउने पर्ने अवश्था रहेको छ ।

जब सम्म समुदाय आफै नै सुरक्षा अपनाउन सक्दैन, तब सम्म कोरोनाको जोखिम बढ्दै जाने छ । सुरक्षा दिने प्रणालीनै प्रभावित बने पछि आमनागरिक अझै सचेत हुन आवश्यक भएको छ । जसका लागि नागरिक समाजहरुको भुमिका महत्वपुर्ण रहेको देखिन्छ ।

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

वराहक्षेत्रमा एकीकृत ...

चक्रघट्टि/ वराहक्षेत्र नगरपालिकामा आधारभूत तह (कक् ...

धरानमा प्रधानमन्त्री ...

धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved