सशस्त्र द्वन्द्व र ग्रामीण पत्रकारितालाई आँखीझ्यालबाट नियाल्दाः हिमाल राई

  • श्रावण २७, २०७७
  • हिमाल राई / वराहक्षेत्र
alt


पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुईधारी तरबारका धार टेकी हिंड्ने यात्री हुन्, चिप्लिए सकिए । २०५२ सालबाट माओवादीले देशमा सशत्र विद्रोहको थालनी गर्यो।

Himal Rai photo antimaoist9

मुलुकमा जनताले दुई बन्दुकहरुको नोखमा दैनिकी चलाउनुपर्ने भयो । एकातिर राज्यका प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण गरिरहेका थिए । यतातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो ।

Himal Rai photo antimaoist1 ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सीमिति थिए । राज्य र विद्रोही दुवैको नजरमा पर्थे । समाचारमा प्रकाशित विषयवस्तुलाई राज्य र विद्रोही दुवै नजरले हेरिन्थ्यो । पत्रकारको मुख्य चुनौती यथार्थ, सन्तुलन, निष्पक्ष हुनुपथ्र्यो । राज्य, विद्रोही दुवै पक्षले जनताको दुहाई दिन्थे । पत्रकारले पनि जनताकै लागि पत्रकारिता गर्नुपथ्र्यो ।

Himal Rai photo antimaois9 अनि, ज्यादति पनि जनताले खेप्नु परेको थियो । यो समयमा मोफसलमा रहेर विभिन्न सञ्चारमाध्यमहरु प्रकाशित थिए । राजधानीबाट प्रकाशित पत्रपत्रिकाको पनि प्रभाव थियो । मुलुकमा सशस्त्र द्वन्द्वको सुरुवात पश्चिम नेपालबाट सुरु भएको थियो । पूर्वी नेपालमा भने सशस्त्र द्वन्द्व घोषणा भएको केही वर्षपछि मात्र प्रभाव देखिएको थियो । तर भुसको आगो सरी माओवादी आन्दोलनको विस्तार भइरहेकै रहेछ । माओवादी आन्दोलनले राज्यको चरित्र ग्रहण गरिसकेको थियो ।

Himal Rai photo antimaoist5 विद्रोही चरित्र । जनसरकार, जनअदालत, जनकारवाही, जनशिक्षा, लालसेना, कामरेडहरुले गाउँ प्रवेश गरिसकेका थिए ।
चतरा डेटलाइनबाट म पत्रकारिता गर्थें । मर्निङ पोस्ट (अहिले जसको रुपान्तरित नाम मर्निङ टाइम्स भएको छ ।) मा टिपोट र रिपोर्ट गर्थें । हिमाल राई बाइलाइन थियो ।

Himal Rai photo antimaoist8 समाचारको सम्पूर्ण जिम्मा पत्रकारले लिनुपथ्र्यो । अहिले पनि लिनुपर्छ । तर तत्कालीन समयको परिस्थिति फरक थियो । निश्चित तलब थिएन । सुविधा थिएन । बिमा थिएन । कानुनी सहयोग थिएन । मात्र जनताको उत्तरदायित्व र पत्रकार बनिरहने जुनुन थियो ।
*************
Himal Rai photo antimaoist6 तत्कालीन शाही सेनाले कथित माओवादी आतङ्ककारीको नाउँमा ६ जना स्थानीयको हत्या गर्यो । माओवादीले आफ्नो प्रभाव बढाउन ‘सुराकी सफाया’, ‘भाटेकारवाही’ लगायतका कथित जनकारवाही चलायो । विकृत समाजलाई सुसंस्कृत बनाउने, बुर्जुवालाई प्रगतिशील बनाउने अभियानमा तत्कालीन माओवादीले बाटो बिराए । जनचेतनामा भन्दा बढी जनकारवाहीमा जोड दिइएपछि निश्चय नै समाजका केही अराजक गतिविधि बन्द भए । तर माओवादीको नाममा अर्को अराजकता मौलाइरहेको थियो ।

Himal Rai photo antimaoist7 नेपाल अधिराज्यमा पहिलो पटक वराहक्षेत्रमा २०५८ सालमा माओवादीहरुको ज्यादतिको विरुद्ध स्थानीय जनता स्वतःस्फुर्त प्रतिकारमा उत्रिए । त्यस समय आजको जस्तो सूचनाको पहुँच सबैमा थिएन । माओवादी विरुद्धको प्रतिकारको समाचार राष्ट्रिय वा मोफसलका पत्रपत्रिकामा प्राथमिकता पर्न सकेन ।

मर्निङ पोष्ट पत्रिकामा पहिलो समाचार, फोटो छापियो । धरानका विजय श्रेष्ठ (नेपाल टेलिभिजनमाा कार्यरत) ले भिडियो खिच्नु भएको थियो । सत्य, तथ्य, यथार्थ, समाचार लेखेर जनता माझ पु¥याउनु पर्ने आवश्यक्ता थियो ।

HimalRai3 द्वन्द्वकालीन समयमा पत्रकारिताको धर्म निर्वाह गर्नुपथ्र्यो । पत्रकारले समाचारका विषयमा कुनै शक्तिहरूसँग सम्झौता गर्न हुन्न । झुक्न हुन्न । आफूले लेखेको समाचारमा यस्तो होस् जसको सत्यता, यथार्थता र निष्पक्षताको विषयलाई लिएर एक धर्को पनि फेर्न नपरोस् । हो, आजको आदर्श पनि यही हो ।

Himal Rai with Chatara Journalist समाचारमा बाइलाइन आउन मुस्किल पथ्र्यो । समाचार हुलाकबाट रजिष्ट्रर गरेर पठाउनु पर्ने बाध्यता थियो । नभए सवारी साधनमा वा आफैं पुगेर दिनुपथ्र्यो । अहिले जस्तो हातहातमा मोबाइल र इन्टरनेट सेवा थिएन । चतराको एक मात्र फोन ०२५– २१४५५ भिएचए थियो । गाविसभरिका मान्छेले फोन गर्ने एउटै सेट थियो ।

Himal Rai with Harsha subba जनताको सन्चो बिसन्चो, दुःख, सुखको खबर पाउने छिटोछरितो माध्यम फोन थियो । त्यो समय फोन गर्न ५ देखि ३० मिनेटसम्म पालो कुरेर बस्नुपथ्र्यो । मैले पनि समाचार पठाउन धेरैचोटि फोनको साहारा लिएको थिएँ । त्यो फोनको नराम्रो पक्ष पनि थियो । बोलेको कुरा एफएम टिप्ने रेडियो सेटबाट सुन्न सकिन्थ्यो ।

HimalRai_Ganga_Paudel_Bina D Tamang बोलेको कुरा रेडियोको मिटर मिलाउँदा सुनिन्थ्यो । अतिमहत्वपूर्ण कुरा कसैले नगरे हुन्थ्यो । मैले समाचार टिपाएको विषयमा तत्कालीन माओवादी विद्रोही समूहका कार्यकर्ताबाट धेरै पटक मानसिक यातना भोग्नु परेको थियो ।

त्यो समयमा विद्रोहीको निशानामा म पनि परेको रहेछु । माओवादी कार्यकर्ताले मलाई चतराबाट अपहरण गरेर उदयपुर जिल्लाको मैनामैनी गाउँ पुर्याएर । ४ दिनसम्म राखे । अत्यन्तै मानसिक यातनाका बीच माओवादीबाट मुक्त भएँ । तत्कालीन समयमा मलाई कुनै पनि शारीरिक यातना भने दिइएन ।

Himal Rai with Rajesh Bidrohi स्थानीय जनता, नागरिक समाज, मानव अधिकारवादी संघसंस्था र माओवादी भित्रकै असल आचरण र वैचारिक व्यक्तित्वहरुको सहयोगले म अपहरणमूक्त भएँ ।

तत्कालीन राज्य वा विद्रोही समूहको अपहरणमा परेपछि बाँचेर घरपरिवारसँग भेट होला भन्ने कल्पना गर्न सकिंदैनथ्यो । अपहरण कब्जामा परेको व्यक्तिहरुको विद्रोही समूह र राज्यबाटै बेपत्ता हुने, हत्या हुने घटनाहरु भइरहेको थियो ।

HimalRai2 राज्यबाट पत्रकार कृष्ण सेन इच्छुकलगायतको अपहरण पछि हत्या गरिएको थियो । विद्रोही समूहबाट पत्रकार डेकेन्द्र थापालगायतको अपहरणपछि हत्या गरिएको इतिहास छ ।
द्वन्द्वपीडितको नाममा राज्यबाट सेवा सुविधा पाएको सुनेको थिएँ । तर मैले त्यसमा दाबी गरिनँ ।

******************
Himal Rai with Journalist 1 राजनीतिक उतार चढावसँगै मुलुकले नयाँ व्यवस्था अंगिकार ग¥यो । सशस्त्र युद्ध रुपान्तरण भई जनान्दोलनका रुपमा अघि बढ्यो । २०६२÷६३ पछि ग्रामीण क्षेत्रमा पनि सञ्चार माध्यम, सञ्चारकर्मीहरुको उत्पादन भयो । पत्रकारिताको एउटा युग र बेलाको निक्र्योल गर्न सकियो । सशस्त्र द्वन्द्व अघिको पत्रकारिता, सशस्त्र द्वन्द्वसँगसँगैको पत्रकारिता र जनान्दोलन २०६२÷६३ पछिको पत्रकारिता । यी तीन समय विविध कठिनाइका बीच पर्गेल्न सकियो ।

Himal Rai photo antimaoist2 नेपाल पत्रकार महासंघ सुनसरी शाखाको २८ औं सदस्यमा मेरो नाम दर्ज थियो । पत्रकार महासंघले गाउँ, सहरमा बसेर पत्रकारिता गर्ने व्यक्तिलाई मुस्किलले समेट्दथ्यो वा समेट्दैनथ्यो । शहरका पत्रकारहरुको नजरमा परे पत्रकार हुने, उनीहरुका गतिविधिमा सहभागी भए पत्रकार हुने अवस्था थियो । अहिले पनि छ । अन्यथा पत्रकार भइँदैनथ्यो । गाउँमा बसेर पत्रकारिता गरेको दिन, हप्ता, महिना, वर्षहरु गन्तीमा पर्दैनथे ।

Himal Rai with Gopal Dahal पत्रकारका नेतृत्वले ग्रामीण क्षेत्रका पत्रकारलाई गर्ने व्यवहार हेर्ने दृष्टिकोणमा फरक महसुस हुन्थ्यो । शहर र जिल्लाका धेरै गतिविधिमा हाम्रो सहभागिता आवश्यक ठानिंदैनथ्यो । प्रेस युनियन, प्रेस चौतारी लगायतका पार्टी र विचारबाट प्रभावित पत्रकारका संस्था पनि थिए । उनीहरुको अवस्था पनि उस्तै थियो । पत्रकार महासंघको नेतृत्व यिनै पार्टीका भातृ संगठनबाट प्रतिनिधित्व गर्थे । र गर्छन् पनि ।

Himal Rai  Journalist पत्रकारको हकहित, अधिकार लागि बोल्ने संस्थाका रुपमा स्थापना भए पनि राजनीतिक पार्टीका भातृ संघ, संगठन मात्र थिए । गाउँमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्ने व्यक्तिहरूको सशक्तीकरण गर्नु त परै जाओस् प्रोत्साहन समेत गर्नेहरुको अभाव थियो । यसरी अभाव, फरक दृष्टिकोणका बीचमा बसेर गाउँमा पत्रकारिता गर्नुपरेको थियो ।

Himal Rai with Pushkar shaha अब पनि दुःखद, कष्टकर पत्रकारिता गर्नेु नपरोस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा बसेर स्वतन्त्र रूपमा पत्रकारिता गर्नेहरूको हकहित, पेसागत अधिकार, एकताको लागि आवाज उठाउनुपर्छ भन्ने लाग्यो । त्यसका लागि के गर्ने त ? ग्रामीण पत्रकारहरुको सञ्जाल निर्माण गर्ने । वराहक्षेत्र, भरौल, प्रकाशपुर, झुम्का, पकली, खनार, दुहबीलगायतका ग्रामीण क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्ने साथीहरुको एउटै मत थियो – ग्रामीण क्षेत्रका पत्रकारको छुट्टै संस्था चाहिन्छ ।

Himal bayarban Rai यही भावनाअनुसार वि.सं. २०६५ सालमा भरौलको कालाबञ्जारमा मेरै अध्यक्षतामा ‘ग्रामीण पत्रकार सञ्जाल’ स्थापना गरियो । उपाध्यक्षमा दुर्गाबहादुर बस्नेत, सचिव सन्तोष गुप्ता र अन्य साथीहरु बाबुराम कार्की, नवराज विष्ट, प्रदीप चौधरीलगायतको तदर्थ समिति निर्माण भयो ।

पछि बाबुराम कार्कीको अध्यक्षतामा ‘ग्रामीण पत्रकार समूह’ जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भयो । र हाल हिरण्य कार्कीले संस्थाको नेतृत्व गरिरहनु भएको छ । अझै ग्रामीण पत्रकारिताको महत्व उँचो र उस्तै छ । कृषि, पर्यटन र समृद्धिको सपना पूरा गर्न गाउँको पत्रकारितालाई प्रभावकारी बनाउनु पर्ने आवश्यक्ता छ ।

 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved