पालना भएन सुरक्षा नियम, इटहरीमा लापरबाही बढ्दो

  • श्रावण १७, २०७७
  • तेजबहादुर बन
alt

इटहरी । कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि इटहरी उपमहानगरपालिकाले सुरक्षा अपनाउन आग्रह गरे पनि स्थानीयको लापरवाही बढ्दै गएको छ । अनिवार्य मास्कको प्रयोग गर्न उर्दी जारी गरे पनि स्थानीयले अटेर गरेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीलाइ कोरोना संक्रमण पुष्टी भएपछि प्रशासनले आवश्यकिय सतर्कता अपनाउन आग्रह गरिरहेको बेला झनै लापरबाही बढ्न थालेको छ ।
गत बिहीबार उपमहानगरपालिकामा आपतकालीन बैठक बसी इटहरी शहरलाइ तत्काल लकडाउन नगर्ने तर आवश्यकिय सचेतना जगाउन सबैमा अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै उपमहानगरले इटहरी क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेकोले नगरवासीहरूलाइ मास्क र सेनीटाइजर अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गर्दै माइकिङ समेत गर्यो ।

व्यवसायीहरूलाई आ–आफ्नो पसल अघी हात धुनलाइ साबुन पानी, सेनीटाइजर र सामाजिक दुरी कायम गरी व्यवसाय गर्न अनुरोध पनि गरेको थियो तर बजारहरुमा कसैले पनि नियम पालना गरेको देखिदैन् ।
इटहरीको बिशाल बजार, गुद्री बजार, नेशनल गल्ली, हटीया लाइन, बिपि चौक, लगायतका स्थानमा अझैपनि भिडभाड बढ्दो देखिएको छ । त्यस्तै ठुला व्यापारीक महलहरूमा पनि भिडभाड बढेको छ । इटहरीको गोरखा डिर्पाटमेन्ट स्टोर, कुण्डलीनी सपिङ महल, सेन्ट्रल प्लाजा लगायतमा स्थानीयहरूको भिड बढेको छ ।

जोखिम रहेका स्थानहरूलाइ मध्यनजर गर्दै थप कडाइ गरिने इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बताएका छन । उनले लक डाउन मात्रै समस्याको सामधान नभएकोले नगरवासीहरूलाइ प्रत्यक्ष असर नपर्ने गरी आवश्यकिय सचेतना जगाउने तर्फ इटहरी जनप्रतिनिधि लागिरहेको मेयर चौधरीको भनाइ छ ।

यता इलाका प्रहरी कार्यालय इटहरी र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले पनि इटहरी प्रवेश गर्ने सवारी साधनहरूमा चेकिङ कडाइ बनाएको जनाइएको छ । सार्वजनिक यातायातहरूमा ५० प्रतिशत मात्र यात्रु बोक्ने, सामाजिक दुरी कायम गराइ यात्रा गराइने, सेनिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइरहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सरकारले गत साउन ६ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसंगै उपत्यका सहित प्रदेश एकका मुख्य जिल्लाहरू कोरोनाको कहरमा परेका छन ।

जोखिम बढदै गएपछि उच्च सतर्कता अपनाउन छिमेकी महानगर बिराटनगरले शुक्रबार मध्यरात १२ बजेदेखि आगामि १४ दिन सम्म कडाइका साथ लकडाउन घोषणा गरेको छ ।

त्यस्तै कोरोनाकै संक्रमण भेटिन थालेपछि अर्को छिमेकी नगरपालीका इनरूवाले पनि गत साउन ९ गते देखि अर्को सुचना जारी नहुन्जेल लकडाउन घोषणा गरिसकेको छ । अहिले केहि मात्रामा खुकुलो बनाएपनि अवस्था हेरेर पुन लकडाउन गर्न सकिने इनरूवा नगरपालीकाका मेयर राजन मेहता बताउँछन ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved