धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना आज डिस्चार्ज भएका छन् ।
सुनसरीको ४ जना उदयपुरका ४ जना गरी जम्मा ८ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।
आज डिस्चार्ज भएका सुनसरी र उदयपुरका ४ जना गत साउन ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २ वर्ष कि बालिका देखि ७० बर्षकी महिला डिस्चार्ज भएका छन् ।
उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा २९ जना संक्रमित उपचाररत छन् भने २ सय ८१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा १५ , ०३९ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ८ जना नयाँ भर्ति भएका छन् ।