काठमाडौ / आज थप २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ ।
नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ५१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ जना रहेका छन् ।
भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।