धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना आज डिस्चार्ज भएका छन् ।
झापाका ३ जना ,सुनसरीका ५ जना र मोरङका २ जना गरी जम्मा १०जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
आज ८ जना पुरुष र २ जना महिला डिस्चार्ज भएका छन् ।
उनका अनुसार उनिहरु असार १९ गते देखि २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल जम्मा २ जना उपचाररत छन् भने २६६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा १२ , २६७ पिसि आर परिक्षण गरिएको छ ।
विगत २४ घण्टामा प्रतिष्ठानमा १ जना नयाँ व्यक्ति भर्ना भएका छन् ।
प्रतिष्ठानमा उपचाररत सप्तरीका ७३ बर्षीय एक जना पुरुषको को मृत्यु भएको छ ।