पदाधिकारी विहिन राष्ट्रिय दलित आयोग गाडि मात्रै खरिद गर्दै

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । दलित समुदायको अधिकार र कानुन निर्माण र कार्यान्यवनका लागि स्थापना गरिएको राष्ट्रिय दलित आयोग पदाधिकारी विहिन भएको लामो समय भए पछि कुनै काम गर्न त सकेन नै तर वार्षिक रुपमा गाडि चै जोडिरहेको पाइएको छ ।
आयोगले गाडि खरिद देखि बाहेक कुनै पनि काम गर्न नसकेको हो । दलित समुदाय माथि हुने विभिन्न विभेदका घटना तथा कानुनी अड्चनहरु हटाउने उदेश्यले २०५८ सालमा आयोग गठन भएको थियो । तर विगत ४ वर्ष देखि पदाधिकारी विहिन बनेको छ । पदाधिकारी नहुँदा कर्मचारीहरुका लागि गाडि खरिद भने रोकिएको छैन् ।

आयोगले आर्थिक वर्ष ०७५÷०७६ मा १४ वटा सवारी साधन खरिद गर्न बाहेक अरु प्रगति देखिएन् । पदाधिकारी विहिन रहेको दलित आयोगले आर्थिक वर्षमा ६ वटा जीप ७ वटा मोटरसाइकल र १ वटा साइकल किनेको तथ्याङ्क भेटिएको छ । फर्निचर १७ थान, एसी, सोलार भ्याकुम ४ थान खरिद गरिएको पाइएको छ ।

त्यसै गरि आदिवासी जनजाति आयोगको अवस्था झन् दयनीय छ । एक जना निमित्त सचिवको भरमा सञ्चालनमा रहेको आयोगले आफ्नो वार्षिक प्रतिवेदन समेत बनाउन सकेको छैन । संसदको महिला तथा सामाजिक समितिमा भएको छलफलमा आयोगका निमित्त सचिव पवित्रप्रकाश शाहले आयोगका लागि ७ वटा गाडी खरिद गरिएको बताए । प्रिन्टर ३, ल्यापटप र कम्प्युटर ३—३ थान, एसी ५ थान खरिद गरेको उनले बताए ।

सांसद लक्ष्मी परियारले गठन भएको लामो समयसम्म पनि पदाधिकारी नियुक्त गर्न नसक्नु सरकारको कमजोरी भएको बताईन । समितिले पदाधिकारीको शून्यतामा नीतिगत निर्णयहरु हुन सक्ने अवस्थामा नरहेकाले तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आफ्नो समुदायको उत्थानका लागि गठन भएका आयोगहरुले अहिलेसम्म एकीन तथ्याङ्क समेत राख्न सकेका छैनन् । आफ्नो समुदायभित्रको को पर्छन् भन्ने विषयमा अध्ययन गरी सिघ्र सूचीकरण गर्न र सरकारलाई सिफारिस गर्न समितिले दुबै आयोगलाई निर्देशन दिएको छ ।

सुवासंघमा गोपाल र शि ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved