युएन नवोदय कलेजद्वारा १२ उत्तीर्ण विद्यार्थीहरूलाई भव्य सम्मान र बधाई

  • असार ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा-१२ मा उत्कृष्ट नतिजा  हासिल गर्ने  विद्यार्थीलाई बिहिबार कलेजले सम्मान गरेको छ। 

कलेजको आफ्नै सभाहलमा आयोजित उक्त समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पब्लिक रिलेसन्स अफिसर राम बहादुर लिम्बूले गर्नुभएको थियो।

समारोहलाई सम्बोधन गर्दै होटल म्यानेजमेन्ट कोर्डिनेटर गगनमान श्रेष्ठले होटल म्यानेजमेन्ट क्षेत्रको व्यापकता र यसमा रहेका अवसरहरूबारे विस्तृत जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, होटल म्यानेजमेन्ट भनेको केवल कुकिङ मात्र होइन, यसभित्र हाउसकिपिङ, सेल्स एण्ड मार्केटिङ, एयरलाइन्स, इभेन्ट प्लानिङ जस्ता दर्जनौँ आकर्षक क्षेत्रहरू पर्दछन्।

श्रेष्ठले कलेजका पूर्व विद्यार्थीहरू हाल हङकङ, फ्रान्स, खाडी मुलुकका पाँचतारे होटलहरू र लक्जरी क्रुज (Cruise) हरूमा आकर्षक तलबमा काम गरिरहेको सफलताका कथाहरू सुनाउनुभयो।

कतिपय विद्यार्थीले स्कटल्याण्ड र ग्रिस जस्ता देशहरूमा आफ्नै रेस्टुरेन्ट खोलेर व्यावसायिक सफलता प्राप्त गरेको जानकारी समेत उहाँले दिनुभयो। कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई ल्यापटप र नगद पुरस्कार ९५० हजारसम्म० को व्यवस्था गरेको र विदेशमा सशुल्क इन्टर्नसिप (Paid Internship) का लागि समन्वय गरिरहेको उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख व्यक्तित्व ज्ञानेश्वर झाले विद्यार्थीहरूलाई बधाई दिँदै व्यावसायिक शिक्षाको महत्त्वमा जोड दिनुभयो। उहाँले भन्नुभयो, आजको युगमा सर्टिफिकेट मात्र भएर पुग्दैन, हातमा सीप हुनु अनिवार्य छ। युएन नवोदय कलेजले विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति बनाउन सधैँ प्रतिबद्ध छ।

1000040506

सम्मान कार्यक्रममा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई कलेजका पदाधिकारी र शिक्षकहरूले अबिर र खादा लगाएर उज्ज्वल भविष्यको कामना गर्दै सम्मान गरेका थिए। आफ्ना छोराछोरीको सफलता र कलेजले देखाएको व्यावसायिक मार्गप्रति अभिभावकहरूले समेत खुसी र सन्तुष्टि व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा विद्यार्थी, शिक्षक र अभिभावकहरू मिलेर सामूहिक रूपमा केक काटेर विजय उत्सव मनाएका थिए। 

1000040507

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved