कृत्रिम जोर्नी प्रत्यारोपण

  • असार २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

परिचय

विगत केही दशकमा शल्यक्रिया विधामा उल्लेखनिय प्रगति भएको छ । शल्यक्रिया विधा विभिन्न चरणमा विकाससँगै धेरै सव विधाहरुमा विभाजित भएका छन् ।
अर्थोपेडिक सर्जरी विगतमा जेनेरल सर्जरीको एक अंगको रुपमा रहेको र अर्थोपेडिक विधामा समय चक्र सँगै विकाश हुँदा यो एउटा विशिष्ट विधाको रुपमा अस्तित्वमा आएको हो ।
अर्थोपेडिक विधामा पनि समय सँगै धेरै सवविधाहरु (जस्तै ह्यान्ड विधा, दुरविन पद्धति विधा स्पाइनल, कृत्रिम जोर्नी प्रत्यारोपन) को विकाश भएको छ । जसमध्ये कृत्रिम जोर्नी प्रत्यारोपन एउटा प्रमुख एवम विशिष्ट सवविधा हो ।

जोर्नी बिग्रिनुमा धेरै कारणहरु मध्ये अस्टियोआरथ्राटिस प्रमुख कारण हो अस्टियोआरथ्राटिस वृद्धामा सामान्य जोर्नी समस्या भएता पनि यो अरु रोगहरुको कारणले पनि हुन सक्छ । अस्टियोआरथ्राटिसले मानव शरीरको जोर्नीलाई बिगार्ने र असन्तुलित बनाउने काम गर्दछ । मानव शरीरको जोर्नी बिग्रिनुका अरु कारणहरुमा जोर्नीको दीर्घकालीन रोगहरु जस्तै बाथ रोग u (Rheumatoid arthritis), गाउटी बाथ (Gouty arthritis),, पाकेर बिग्रेका जोर्नीहरु ( Septic arthritis)  हाडसहित जोर्नी भित्र समेत भाँचिनु पर्दछ ।

मानव शरीरको बिग्रिएको खिइएको वा असन्तुलित जोर्नीलाई निम्नलिखित तरिकाहरुले उपचार गर्न सकिन्छ ।

१.औषधीको प्रयोग (दुखाई कम गन,मलम सुई)
२. घुड्डाको व्यायाम, कसरत
३.शल्यक्रिया द्वारा(Operations)

  •  ओसटियो टोमी (Osteotomy)
  •  जोर्नीको ङ्खयुजन ( Arthrodesis  )
  • कृत्रिम जोर्नी प्रत्यारोपण

जोर्नी प्रत्यारोपण

परिभाषा

 मावन शरीरको कुनै पनि बिग्रिएको, खिइएको वा असन्तुलित जोर्नीलाई शल्यक्रियाद्वारा कृत्रिम जोर्नी फेर्ने प्रकृया नै जोर्नी प्रत्यारोपण हो ।

जोर्नी प्रत्यारोपणः प्रत्यारोपणका उद्देश्यहरुः

१. विग्रिएका जोर्नीहरुमा हुने दुखाइ कम गर्न ।
२. जोर्नी को सन्तुलन पुनः प्राप्त गर्न ।
३. बाङ्गो र अस्वभाविक देखिने जोर्नीलाई सही बनौटमा ल्याउन ।
४. स्वस्थ जोर्नीसरह पूर्ण रुपमा कामलाग्ने र दैनिक÷नियमित कार्य बिना दुखाइ गर्न
सक्ने हुन ।

जोर्नी प्रत्यारोपण निम्नलिखित तरिकाहरुले सहयोग गर्छ

  •  दुखाइ कम गर्न । (To relieve pain)
  •  जोर्नीलाई चलाईमान बनाउछ ।(Restoring range of motion )
  •  हिड्ने गति बढाउछ ।(Improving walking ability)

जोर्नी बिग्रिनुका कारणहरु :

  • प्राय गरेर पाको उमेरमा जोर्नी उमेरसगै खिइदै जानु (Osteoarthritis)
  • जोर्नीको दीर्घकालीन रोगहरु, जस्तैः बाथ रोग (Rheumatoid Arthritis), गाउटी बाथ (Gouty Arthritis)
  • पाकेर बिग्रेका जोर्नीहरु (Septic Arthritis)
  •  हाडसहित जोर्नीभित्र समेत भाचिनु ।

जोर्नी बिग्रिएको वा बिग्रन लागेका थाहा पाउन निम्नलिखित परिक्षणहरु गर्न सकिन्छ ।

  •  एक्स–रे
  • सिटी स्क्यान
  • एम आर आइ स्क्यान
  • ल्याब


जोर्नीको अवस्थाबारे किन चिन्तित हुने ?

  • स्वास्थ जीवनयापन र आधुनिक चिकित्सपद्धतिसँगै मानिसको औसत आयु लम्बिदै जाने निश्चित छ । यस प्रकार बढी भन्दा बढी मानिसहरुका लागि जोर्नी प्रत्यारोपणको आवश्कता पर्दै जानेछ ।
  •  कुनै पनि दुखाइ बिना आफ्ना नियमित कामहरु आफै गर्न सक्ने हनु सन्तुलित र स्वस्थ जोर्नीहरुको आवश्यकता पर्दछ।
  •  यस अर्थमा सबैले आफ्नो जोर्नीको राम्रो ख्याल गरी समयमै सचेत हुनुपर्ने देखिन्छ । विशेष गरी घुडा र कम्मर(Hip Joint) का जोर्नीहरुमा नै बढी मात्रामा समस्या आउने गर्दछ ।

जोर्नी बिग्रिएको वा बिग्रन लागेको कसरी थाहा पाउने ?

१. लामो समयसम्म दुखिरहने ।
२. शरीरिको भार थाम्न नसक्ने।
३. हिडडुल गर्दा सन्तुलित नहुने ।
४. बाह्य रुपमै बाङ्गो असामान्य देखिने जोर्नी ।

माथिका सबै वा कुनै पनि लक्षणहरु भएमा जोर्नी बिग्रिएको हुन सक्छ । तसर्थ नजिकको हाडजोर्नी विशेषज्ञको परामर्श लिनु र उक्त जोर्नीको एक्स–रे गरेर हेर्न जरुरी छ । साथै आवश्यक परेमा जोर्नी प्रत्यारोपण गर्नु पर्ने पनि हुन सक्छ ।

 घुँडा खिइएको बिरामीले ध्यान दिनुपर्ने कुराहरु :

१.वजन बढी भएमा आङ्खनो तौल घटाउन जरुरी छ ।
२.सिकाएको कसरत नियमित रुपमा गर्न जरुरी छ ।
३.Walking Stick / लठ्ठी लिएर हिडेमा घुडा दुखाइ कम हुन्छ ।
४.नरम सोल भएको जुत्ता लगाउनुपर्छ ।
५.Knee cap दिनमा लगाउने राती फुकाउने गर्नु पर्दछ ।
६.धेरै दुखेको बेला डाक्टरले लेखेको दबाई खानुपर्छ ।कुनै कुनै दवाई लामो समय खानु पर्ने हुनसक्छ।
७. दुखेको बेला घुँडामा दिनमा ३ पटक २०–२० मिनेट मन तातो पानीले सेक्नु पर्छ ।
८. सिढीं वा उकालो ओरालोमा सक्दो कम हिड्ने ।
९. भुईमा बस्न हुदैन । कुर्सी,सोफा, वा खाट आदि अग्लो ठाउँमा मात्रै बस्ने ।
१०.बाथरुममा कमोडको व्यवस्था गर्ने, नभए बसेर दिसा–पिसाब गर्ने ।
११.घुँडा बढी नै खिइएमा घुडा फेर्न अप्रेशन (Total Knee Replacement) गर्नु पर्ने हुनसक्छ ।

 कृत्रिम जोर्नी प्रत्यारोपणका प्रभावहरु

  • शारीरिक आत्मनिर्भता संरक्षण
  • वृद्धामा राम्रो स्वास्थ्यको अवस्था
  • युवामा जिवन शैलीमा राम्रो सुधार

कृत्रिम जोर्नी प्रत्यारोपण विभिन्न कारणहरुको विशेषतह अस्टियोआरथ्राटिसले बिग्रेका जोर्नीहरुको उपचार गर्ने मध्ये सबैभन्दा राम्रो तरीका हो ।हिप (Hip) घुड्डा (Knee) कृत्रिम जोर्नी प्रत्यारोपण गरिने जोर्नीहरु मध्ये बढी गरिने प्रत्यारोपण हो ।

 जोर्नी प्रत्यारोपणका जटिलताहरु

  • (इन्फेक्सन) संक्रमन हुनु
  • जोर्नी खुस्किनु ( Dislocation)
  • प्रोस्थेसिस भाँचिनु
  • जोर्नी काम नलाग्ने हुनु

 

 

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved